ढिकी, जातो र पानी घट्ट हाम्रा प्रविधी हुन । मील नभएको अबश्थामा नागरिहहरुले ढिकी, जातो र पानी घट्टको प्रयोग गर्दै आएका थिए । ढिक्कीमा धान कुटने गरिन्थ्यो भने जातोमा दाल दल्ने र चामल पीस्ने गहु पीस्ने गरिन्थ्यो । त्यसैगरी पानी घट्टमा पनि गहु पीस्ने गरिन्थ्यो । हाम्रा पुर्खाहरु आफनो सिप प्रयोग गरेर बनाएका हाम्रा प्रविधीहरु आज लोप हुदै गएको छन । जसको प्र्रयोग गर्दा श्रम मात्र लाग्ने गरेको थीयो । आज भोली श्रम र पैसा दुबै लाग्ने गरेको छ ।
आधुनिकतासंगै विद्युतीय मीलले क्षणभरमै धान कुटने र गहु पीस्ने गरेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा जातो र पानी घट्टले स्थान पाएका थिए भने कैलाली र कञ्चनपुरमा ढिक्कीले स्थान पाएको थियो । पहाडका केही जिल्लाहरुमा ढिक्कीको पनि प्रयोग हुदै आएको थियो । प्रत्येक गाउ“मा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे ।
अहिलेको जस्तो ठाउ“–ठाउ“मा मिल थिएनन् । गाउ“मा विजुली बत्ती थिएन । आजकाल गाउ“–गाउमा बिजुली पुगेको छ । गाउ“मा घरमा शहरबजारमा मिल सञ्चालन भएका छन । मिलले कुट्ने र पिस्ने काम गर्न थालेपछि घरका पिँढीमा रहेका ढिकी जा“तोको महत्त्व हराउ“दै गएको छ । अहिले गाउ“को कुनै पनि कुनामा ढिकी जाँतो भेट्टाउन सकिन्न ।
बरु विद्युतीय मिल भेटिन थालेका छन् । विद्युत्को पहु“च नहु“दा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । ढिकी जा“तो र पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउ“गाउ“मा बिजुली मार्फत चल्ने मिल पुगेपछि ढिकी दाँतोको प्रयोग घट्दै जानुका साथै लोप हु“दै गएका छन् । यसको संरक्षण गर्न जरुरी भएको छ ।
यस्ता प्रविधीहरुको संरक्षण गर्न सकिएन भने हाम्रो मौलीकता हराउदै जाने छ । खोलाको ढुङ्गालाई मिस्त्रीले कलात्मक रूपमा कु“देर बनाएको जा“तो, काठको टुप्पोमा फलामको काज लगाई भुइमा पक्की ढुङ्गाको ओखल बनाएको ढिकी र पानीले चल्ने पानीघट्ट हाम्रा महत्वपूर्ण सम्पती हुन । यस्ूता मौलीक प्रविधीको संरक्षण गर्नु हाम्रो कर्तब्य हो । त्यसैले हराउदै गएका ढिकी, जा“तो र पानी घट्टको संरक्षणमा जुटौ ।

