बैशाख २१ बैतडी । बैतडी जिल्लाको दुर्गम मानिने गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ । गाउँपालिकाको मुकाम वडा नम्बर २ बडाल नजिकै देव खेतमा निर्माण गरिएको एमबिबिएस चिकित्सक सहित १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएकोे हो ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले अस्पतालको उद्घाटन गरे पछि अस्पताल सञ्चालनमा आएको हो । अध्यक्ष कार्कीले अब उपचारका लागि गन्यापधुरावासीले डडेलधुरा सदरमुकाम, धनगढी, नेपालगन्ज वा काठमाडौँ लगायत भारतका विभिन्न अस्पताल सम्म धाउनुपर्ने बाध्यता हट्ने बताए ।
सङ्घीय सरकार र गाउँपालिकाको १४ करोड ७६ लाख रुपैयाँ लागतमा १० शय्याको आधारभूत अस्पतालको निर्माण गरिएको अध्यक्ष कार्कीले जानकारी गराए । एक जना एमबिबिएस चिकित्सक सहित स्वास्थ्य सेवा सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेटी देउवाले जानकारी गराईन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शप्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अन्तर्गत डडेलधुराको नवदुर्गा, आलीताल, अजयमेरु र भागेश्वर गाउँपालिकामा पनि आधारभूत अस्पताल निर्माणको कार्य सुरु गरिएको थियो भने अन्य पालिकामा अस्पताल निर्माण कार्य अलपत्र प।ेको छ ।


