बैशाख २० कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरÞण कार्यक्रम सञ्चालन गरिएको छ । किसान वर्गीकरण गरी परिचय पत्र तयार पार्ने, राष्ट्रिय परिचय पत्रसँग आबद्ध गर्ने र सोही आधारमा आवश्यक सुविधा दिने उद्देश्य सहित शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरÞण कार्यक्रम सञ्चालन गरिएको हो ।
नगरपालीकाको कृषि विकास शाखाका अधिकृत विनय जोशीले प्रारम्भिक चरणमा छ जना गणक नियुक्त गरी वडा नम्बरं ६ र १० मा सूचीकरणको काम सुरु गरिएको जानकारी गराउदै त्याहा सम्पन्न भएपछि वडा नंम्बर ७, ८ र ९ मा समेत कार्यक्रम विस्तार गर्ने योजना रहेको बताए ।
त्यसपछि नगरपालिकाका १२ वटै वडामा क्रमशः किसान सूचीकरणको कार्य हुने उनले बताए । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १४ अनुसार किसानको पहिचान गरी सरकारी सेवासुविधा पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउदै शाखा अधिकृत जोशीले सूचीकरण प्रणाली मार्फत किसानका व्यक्तिगत तथा कृषि व्यवसाय सम्बन्धी विवरण विद्युतीय प्रणालीमा सङ्कलन गरिने बताए ।
जसले किसान लक्षित कार्यक्रम गर्न सहज हुने उनले बताए । कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरले सूचीकरÞणले वास्तविक किसानको पहिचान गर्न, कृषि क्षेत्रमा हुने दोहोरोपन हटाउन, कृषकलाई एकीकृत तथ्याङ्कमा ल्याई आगामी दिनमा सेवासुविधा प्रभावकारी रूपमा वितरण गर्न सहयोग पुग्ने बताए ।
प्रणालीमा सूचीकृत भएपछि किसानले मल, बीउ, कृषि औजार, बिमा, अनुदान तथा अन्य सरकारी सुविधा पाउन सहज हुने बताउदै उनले किसान परिचय पत्रलाई आगामी दिनमा सेवा सुविधा वितरणको मुख्य आधार बनाइने बताए । यसले अनुदान तथा अन्य कार्यक्रम लक्षित वर्गसम्म पु¥याउन सहयोग पुग्र्ने विश्वास गरिएको उनले बताए ।
सूचीकरणका लागि किसानले नागरिकता प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्र वा कर तिरेको कागजात, कृषि तथा पशुपन्छी व्यवसाय दर्ता प्रमाण पत्र (भएमा) र भाडा वा अधियामा लिएको जमिनको सम्झौता पत्र उपलब्ध गराउनु पर्ने उनले जानकारी गराए ।
नगरपालिकाले कृषकहरूलाई गणक मार्फत घरमै पुगेर विवरण सङ्कलन गर्ने व्यवस्था मिलाएको बताउदै उनले सूचीकरण पछि किसानको विवरण वडा समितिबाट प्रमाणीकरण गरी सार्वजनिक सूचना प्रकाशन गरिने बताए । दाबी–विरोध नभए पछि स्थानीय तहको कार्यपालिकाबाट स्वीकृति दिई केन्द्रमा पठाइने बताउदै उनले त्यसपछि किसानलाई वर्गीकरण गरी किसान परिचय पत्र वितरण गरिने प्रक्रिया अघि बढाइने बताए ।
उक्त परिचय पत्र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरण हुने व्यवस्था रहेको उनले बताए । नगरपालिकाले सबै किसानलाई अनिवार्य रूपमा सूचीकरण प्रक्रियामा सहभागी हुन आग्रह गर्दै कार्यक्रमलाई सफल बनाउन स्थानीय किसानको सहयोग आवश्यक रहेको बताएको छ ।


