बैशाख २१ धनगढी । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले बालेन्द्र शाह नेतृत्वको सरकार आमनागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको आरोप लगाएका छन । नेपाल प्रेस युनियन कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन ।
सरकारले सुकुम्बासीको पहिचान गरेर सुरक्षित ठाउँमा राख्नुपर्ने भए पनि त्यसो नगरेको बताउदै उनले राष्ट्रिपति र प्रधानमन्त्री जस्तै सकडमा मकै पोल्ने,गिट्टी कुट्ने,सुकुम्बासी बस्तीमा बस्ने नागरिकको पनि गाँस,बास र आवासको अधिकार भएको बताए । अहिलेको सरकारका मन्त्रीलाई सुनैसुनका मन्त्री भनेर प्रचार प्रसार भइरहेका बेला त्यो घटनालाई अन्यत्र मोड्न सुुकुम्बासी बस्तीमा डोजर चलाउने काम गरेको उनले आरोप लगाए ।
जनताले सकरकार कहाँबाट र कसरी आएको हो भन्ने कुरा छिट्टै थाहा पाउने बताउदै उनले अहिलेको सरकार चोर बाटोबाट र केन्द्रीकृत शासन प्रणालीको मनोविज्ञानबाट अगाडी बढिरहेको बताए ।
सरकारले कुनै पनि विधेयक संसदीय समितिमा नपठाएर फास्ट ट्रयाकबाट पारित गरी ऐन बनाउन सक्ने बताउदै उनले अहिलेको सरकारर्ले एक पटक संसद बोलाएर त्यसको दोस्रो दिन स्थगित गरी दर्जनौ अध्यादेश ल्याउनु पर्ने त्यस्तो के अबश्था आइलाग्यो भनेर प्रश्न गरे ।
अहिलेको सरकारले संसदीय प्रणाली, लोकतान्त्रिक व्यवस्थाको उपहास गर्न खोजेको बताउदै उनले नेपाली कांग्रेसले यही वैशाख २६ र २७ गते धनगढीमा प्रदेशस्तरीय समिक्षा कार्यक्रम पनि गर्ने जानकारी गराए ।


