बैशाख २१ धनगढी । धनगढीमा केन्द्रिय कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडको जेठमा हुने निर्वाचनका लागी अध्यक्ष पदमा ४ जनाको उम्मेदारी रहेको छ । संस्थाको ३२ औँ वार्षिक साधारणसभा अन्तर्गत हुने निर्वाचनमा अध्यक्ष पदका लागि चार जनाको उम्मेदारी रहेको हो ।
जेठ ९ गते हुने साधारण सभामा अध्यक्षका लागि चार जनाको उम्मेदवारी रहेको अध्यक्ष देवबहादुर बमले जानकारी गराए । अध्यक्ष पदमा केशवराज मिश्र, गोपालराज पाठक, धनबहादुर शाह र चेतराज ओझाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
त्यसैगरी उपाध्यक्ष पदका लागि इन्द्रप्रसाद जोशी, उत्तम जोशी र उपेन्द्र बिष्टबीच प्रतिस्पर्धा हुने भएको छ भने सदस्य पदका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
लेखा सुपरीवेक्षण समिति संयोजक पदमा गणेशप्रसाद जोशी र चेतराज जोशीबीच भिडन्त हुने भएको छ । सोही समितिको सदस्य पदका लागि खेमराज पाठक, गणेशप्रसाद उपाध्याय, टेकराज जोशी र दिलीप रोकाय क्षेत्री उम्मेदवार रहेका छन् ।
निर्वाचन समितिले उम्मेदवारहरूको नामावली सार्वजनिक गरिसकेको छ भने पूर्वनिर्धारित कार्यतालिका अनुसार मतदान प्रक्रिया अघि बढाइने जनाएको छ ।


