"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाबुले आत्मदाह गरे पछि ४ सन्तानको बिचल्ली

No data was found

Khabar Raftar

पौष २८ दैलेख । दैलेखको भैरवी गाउँपालिका वडा नम्बर–४ की १८ वर्षीया सुनिता बिकले पुस १९ गते झुन्डिएर आत्महत्या गरिन्। गाउँकै गौरी मावि बाँलेकाँडामा कक्षा ७ मा अध्ययनरत बिकको आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। आत्महत्या गरेको पाँच दिनपछि उनका बुवा ४० वर्षीय नरेश बिकले पनि आत्मदाह गरेका छन्। कात्तिक अन्तिम साता मात्रै रोजगारीको खोजीमा भारत गएका विक दुई महिना नबित्दै शनिबार घर आइपुगेका थिए।

उनले आफ्नै घरमा आगो लगाएर आत्मदाह गरे। आइतबार बिहान मात्रै घरभित्र जलेको अवस्थामा उनको शव फेला परेको थियो। शनिबार साँझ साढे ७ बजे आफ्नै २ तले ३ कोठा भएको कच्ची घरमा नरेश बिकले आगो लगाएको भन्नेबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। राति साढे ११ बजे स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा ल्याइयो। शनिबार साँझ आफ्नै घरमा आगो लगाएर फरार रहेका भनिएका नरेशको जलेको अवस्थामा शव फेला परेको हो।

आइतबार बिहान जलेको घरमा अन्य केही क्षति भएको छ की भनेर खोज तलास गर्दा आधा शरीर घरको छानोले पुरिएको र जलेर मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले शनिबार दिउँसो ३ बजे घर आइपुगेका नरेशले पत्नी र छोराछोरीलाई घरबाट लखेटेर साँझ साढे सात बजे आफ्नै घरमा आगो लगाएको स्थानीयले बताएका छन्।

इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीले गाउँमा छिमेकीहरूसँग बुझ्दा मदिरा सेवन गरेका नरेशले पत्नी र छोराछोरीलाई लखेटेर आफू घरभित्र पसेर घरमा आगो लगाएको खुल्न आएको बताए । घरमा आगो लगाउनु अघि उनले घर नजिकै रूखमा राखिएको परालमा आगो लगाएको पाईएको बताउदै उनले स्थानीयका अनुसार नरेशको मानसिक अवस्था ठिक नभएको पाइएको जानकारी गराए । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको समेत उनले बताए ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडाकुडा सहित ३ लाख बराबर क्षति भएको प्रहरी निरीक्षक डाँगीले बताए। नरेशले आत्मदाहको बाटो रोजेपछि अहिले पत्नीसहित चार सन्तान बिचल्लीमा परेका छन्। पत्नी ४० वर्षीया सोना कामी सहित चार सन्तान बिचल्लीमा परेको स्थानीय कृष्णा सुनारले बताइन्। ‘बस्ने घरमा श्रीमानले आगो लगाए, आफूले समेत ज्यान फाले, अहिले बस्नलाई घर छैन, घरमा भएको अन्नपात, लत्ताकपडा, भाडाकुडा सबै आगोले सखाप पारेको छ, बाल बालिकाहरू बिचल्लीमा परेका छन्,’ सुनारले दुख पोखिन ।

छोरीहरू १४ वर्षीया मनिषा, १२ वर्षीया गीता, ९ वर्षीया पार्वती र छोरा पाँच वर्षीय महेश बिक सहित सोना आफन्तको आश्रयमा बसेकी छन्। मनिषा र गीता कक्षा चार, पार्वती कक्षा २ र महेश कक्षा १ मा अध्ययनरत छन्। भैरवी गाउँपालिका वडा नम्बर–४ का पूर्ववडाध्यक्ष वीरेन्द्रबहादुर शाहीले बाबुले आफ्नै घरमा आगो लगाएर आत्मदाहको बाटो रोजेपछि बाल बालिका बिचल्लीमा परेको बताएका छन।

भर्खरै

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु
राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरमा बालिविज्ञान पढ्ने विद्यार्थीको संख्या बढ्दै
टीकापुर पार्कमा एकै दिन १४ हजार भन्दा बढी पर्यटक
डोटीको विपि नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना
टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा काम गर्न थाले
खक्रौला गुल्ममा डीएसपीलाई आक्रमण गर्ने एक जना कारागार चलान
कैलालीमा, लागू औषध, आत्महत्या र दुर्घटनाको अवस्था भयावह
वैशाख चतुर्दशी र पूर्णिमाका दिन बडीकेदारमा भव्य पूजाआजा गरिने
सुदूरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत भान्सेको लडेर मृत्यु
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघद्वारा भाडा समायोजन गर्न सरकारसँग माग

धेरै कमेन्ट गरिएको

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु

krishi_1

राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरमा बालिविज्ञान पढ्ने विद्यार्थीको संख्या बढ्दै

cropped-cropped-khabar-raftar-2.png

टीकापुर पार्कमा एकै दिन १४ हजार भन्दा बढी पर्यटक

cropped-cropped-khabar-raftar-2.png

डोटीको विपि नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

e82ea1b7-8ee9-498c-b616-fa4f1f1cac54

टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा काम गर्न थाले

APF-BOP-Khakraula-Kailali-1024x590-1

खक्रौला गुल्ममा डीएसपीलाई आक्रमण गर्ने एक जना कारागार चलान

lagu

कैलालीमा, लागू औषध, आत्महत्या र दुर्घटनाको अवस्था भयावह

baddikedar

वैशाख चतुर्दशी र पूर्णिमाका दिन बडीकेदारमा भव्य पूजाआजा गरिने