"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरमा बालिविज्ञान पढ्ने विद्यार्थीको संख्या बढ्दै

No data was found

Khabar Raftar

बैशाख ०३ कञ्चनपुर । देशभरका धेरैजसो विद्यालयमा प्राविधिक धारतर्फ विद्याथीर्को अभाव हुने गरेको अश्थामा कञ्चनपुरमा भने बालिविज्ञान (प्रि–डिप्लोमा÷जेटिए) पढ्ने विद्यार्थीको संख्या बढ्दै गएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा बालिविज्ञान (प्रि–डिप्लोमा÷जेटिए) पढ्ने विद्यार्थीको संख्या बढ्दै गएको हो । आधुनिक कृषिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राविधिक शिक्षा बालिविज्ञान (प्रि–डिप्लोमा÷जेटिए) पढाई सुरु गरिए पछि विद्यार्थीको आर्कर्षण बढ्दै गएको हो ।

विद्यालयका प्रधानाध्यापक धनसिंह महराले विद्यालयमा प्राविधिक शिक्षा पढनका लागि कञ्चनपुर, कैलालीसँगै डडेल्धुरा र बैतडी जस्ता पहाडी जिल्लाबाट विद्यार्थीहरु आउने गरेको बताए । चालु शैक्षिक सत्रमा ४० जनाको कोटामा २६ जना विद्यार्थी अध्ययनरत भएको बताउदै उनले छात्राको सङ्ख्या बढी रहेको बताए । विद्यार्थी आकर्षणको मुख्य आधार प्रयोगात्मक शिक्षा र रोजगारीको सुनिश्चितता भएको बताउदै उनले विद्यार्थीलाई पढाएर मात्र सैद्धान्तिक ज्ञान दिने नभई, काम गर्न सक्ने दक्ष जनशक्ति बनाउने लक्ष्य राखेको बताए । विद्यालयमा तीन जना दक्ष प्राविधिक शिक्षकद्वारा विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षामा सहभागी गराई पठन पाठन गरिँदै आएको उनले जानकारी गराए । कृषि प्रयोगशाला, पर्याप्त जग्गा, आधुनिक उपकरण र यन्त्रको प्रयोग मार्फत विद्यार्थीलाई खेतमै लगेर सिकाउने व्यवस्था गरिएको प्रधानाध्यापक महराले बताए । बीउ छनैेट देखि सिँचाइ, मल व्यवस्थापन र रोग–कीरा नियन्त्रण सम्मका सीप व्यवहारिक रूपमा सिकाउने गरिएको उनले बताए । शिक्षक अभिषेक चन्दले विद्यार्थीलाई परम्परागत र आधुनिक खेतीबीचको उत्पादन अन्तर प्रत्यक्ष देखाउने गरिएको बताए ।

यसले विद्यार्थीलाई रैथाने प्रजातीको संरक्षणमा टेवा पु¥याउन र आधुनिक प्रविधिको प्रयोग बढाउन प्रेरित गर्ने बताउदै उनले उत्पादन बढाउन सक्षम बनाउने बताए । विद्यालयले ‘सिक्दै कमाउँदै’ अवधारणालाई आत्मसात् गरेको बताउदै उनले विद्यार्थीले उत्पादन गरेको तरकारी र माछा बिक्रीबाट अतिरिक्त आम्दानी हुने गरेको बताए । यसले सिकाइलाई व्यवहारिक र दिगो बनाएको शिक्षक चन्दले बताए । आधुनिक यन्त्र पावर टिलर, मिनी टिलर, कृषि औजार, उपकरण, मल्चिङ प्रविधि, प्लाष्टिक टनेलको प्रयोग गरेर खेती गर्दा हुने फाइदाबारे विद्यार्थीले प्रत्यक्ष अनुभव लिन पाएको उृनले बताए । यससँगै खेतमा तयार भएको तरकारी देखि अन्नबाली भण्डारण गर्ने तौरतरिका र बजार प्रवद्र्धन गर्नेबारे जानकारी दिने गरिएको उनले बताए । टाढाबाट आउने विद्यार्थीका लागि विद्यालय परिसरमै निःशुल्क छात्रावासको व्यवस्था गरिएको बताउदै उनले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राविधिक शिक्षा लिन सहज भएको बताए । विगत एक दशकमा विद्यालयमा अध्ययनरत करिब १ सय ५० जना भन्दा बढी विद्यार्थीले बालिविज्ञान विषय उत्तीर्ण गरेको उनले जानकारी गराए । तीमध्ये अधिकांश एग्रोभेट सञ्चालन, व्यावसायिक खेती तथा मत्स्यपालन मार्फत स्वरोजगार बनेको बताउदै उनले केही विद्यार्थी सरकारी सेवामा प्रवेश गरेको बताए ।

भर्खरै

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु
राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरमा बालिविज्ञान पढ्ने विद्यार्थीको संख्या बढ्दै
टीकापुर पार्कमा एकै दिन १४ हजार भन्दा बढी पर्यटक
डोटीको विपि नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना
टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा काम गर्न थाले
खक्रौला गुल्ममा डीएसपीलाई आक्रमण गर्ने एक जना कारागार चलान
कैलालीमा, लागू औषध, आत्महत्या र दुर्घटनाको अवस्था भयावह
वैशाख चतुर्दशी र पूर्णिमाका दिन बडीकेदारमा भव्य पूजाआजा गरिने
सुदूरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत भान्सेको लडेर मृत्यु
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघद्वारा भाडा समायोजन गर्न सरकारसँग माग

धेरै कमेन्ट गरिएको

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु

krishi_1

राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरमा बालिविज्ञान पढ्ने विद्यार्थीको संख्या बढ्दै

cropped-cropped-khabar-raftar-2.png

टीकापुर पार्कमा एकै दिन १४ हजार भन्दा बढी पर्यटक

cropped-cropped-khabar-raftar-2.png

डोटीको विपि नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

e82ea1b7-8ee9-498c-b616-fa4f1f1cac54

टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा काम गर्न थाले

APF-BOP-Khakraula-Kailali-1024x590-1

खक्रौला गुल्ममा डीएसपीलाई आक्रमण गर्ने एक जना कारागार चलान

lagu

कैलालीमा, लागू औषध, आत्महत्या र दुर्घटनाको अवस्था भयावह

baddikedar

वैशाख चतुर्दशी र पूर्णिमाका दिन बडीकेदारमा भव्य पूजाआजा गरिने