"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डोटीको विपि नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

No data was found

Khabar Raftar

बैशाख ०३ डोटी । डोटीको विपी नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै स्थानीय नागरिकले घरदैलोमै छिटो,छरितो र सहज रुपमा सरकारी सेवा पाउने भएका छन् । दुर्गम भेगका बासिन्दालाई नागरिकता, जग्गा लगायतका कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्नुकासाथै स्थानीय नागरिकले घरदैलोमै छिटो,छरितो र सहज रुपमा सरकारी सेवा पाउने भएका हुन ।

डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर–१ स्थित बि.पी. नगरमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले उद्घाटन गरेका छन् । उद्घाटनसँगै स्थानीय सोबिता बोहरालाई नागरिकता प्रमाणपत्र प्रदान गर्दै सेवा शुभारम्भ गरिएको थियो । डोटी जिल्लामा पहिलो पटक इलाका प्रशासन कार्यालय मार्फत सेवा सुरु भएको हो ।

कार्यालयबाट जोरायल र बडिकेदार गाउँपालिकाका सम्पूर्ण तथा बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर–१, २ र ३ गरी ४२ हजार भन्दा बढी स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन । उद्घाटन कार्यक्रममा सहसचिव काफ्लेले स्थानीय नागरिकलाई छिटो र सहज रुपमा सेवा दिने उद्देश्यले इलाका प्रशासन कार्यालय स्थापना गरिएको बताए ।

त्यसैगरी, बाजुराको पूर्वी उत्तरी क्षेत्र बुढीनन्दा नगरपालिका वडा नम्बर–२ को कोल्टीमा पनि इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । गृह मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीले कार्यालयको उद्घाटन गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर गाउँपालिका तथा बुढीनन्दा नगरपालिकाका स्थानीयलाई नागरिकता, जग्गा लगायतका सरकारी कामकाज गर्न सहज भएको छ ।

यसअघि स्थानीय बासिन्दाले सदरमुकाम मार्तडी पुग्न एक हजार पाँच सय रुपैयाँ भाडा तिर्नुका साथै बसोबास र खानपानमा २० देखि २५ हजार रुपैयाँसम्म खर्च गनु पर्र्ने बाध्यता रहेको थियो । दुर्गम भेगका धेरै जसो स्थानीयले टाढाको दूरी र खर्चका कारण समयमै नागरिकता तथा जग्गा सम्बन्धी सेवा लिन नसक्ने अवस्था रहेको थियो । लामो समय देखि स्थानीय जनप्रतिनिधि, नागरिक समाज र बुद्धिजीवीले कोल्टीमा इलाका प्रशासन कार्यालयको माग गर्दै आएका थिए ।

सोही माग अनुसार गृह मन्त्रालयको स्वीकृति पछि कार्यालय स्थापना गरिएको हो । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले कोल्टीमा इलाका प्रशासन कार्यालयसँगै मालपोत र नापी सेवा केन्द्र पनि संयुक्त रूपमा सञ्चालनमा ल्याइएको बताए । सीमित जनशक्तिबाट भए पनि नियमित सेवा प्रवाह सुरु गरिएको उनले जानकारी गराए । इलाका प्रशासन कार्यालय स्थापना भएसँगै डोटी र बाजुराका दुर्गम क्षेत्रका स्थानीयले सरकारी सेवा लिन सहज हुने भएको छ ।

भर्खरै

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु
राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरमा बालिविज्ञान पढ्ने विद्यार्थीको संख्या बढ्दै
टीकापुर पार्कमा एकै दिन १४ हजार भन्दा बढी पर्यटक
डोटीको विपि नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना
टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा काम गर्न थाले
खक्रौला गुल्ममा डीएसपीलाई आक्रमण गर्ने एक जना कारागार चलान
कैलालीमा, लागू औषध, आत्महत्या र दुर्घटनाको अवस्था भयावह
वैशाख चतुर्दशी र पूर्णिमाका दिन बडीकेदारमा भव्य पूजाआजा गरिने
सुदूरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत भान्सेको लडेर मृत्यु
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघद्वारा भाडा समायोजन गर्न सरकारसँग माग

धेरै कमेन्ट गरिएको

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु

krishi_1

राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरमा बालिविज्ञान पढ्ने विद्यार्थीको संख्या बढ्दै

cropped-cropped-khabar-raftar-2.png

टीकापुर पार्कमा एकै दिन १४ हजार भन्दा बढी पर्यटक

cropped-cropped-khabar-raftar-2.png

डोटीको विपि नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

e82ea1b7-8ee9-498c-b616-fa4f1f1cac54

टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा काम गर्न थाले

APF-BOP-Khakraula-Kailali-1024x590-1

खक्रौला गुल्ममा डीएसपीलाई आक्रमण गर्ने एक जना कारागार चलान

lagu

कैलालीमा, लागू औषध, आत्महत्या र दुर्घटनाको अवस्था भयावह

baddikedar

वैशाख चतुर्दशी र पूर्णिमाका दिन बडीकेदारमा भव्य पूजाआजा गरिने