"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दार्चुला जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग

No data was found

Khabar Raftar

दार्चुला,
जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरिने भएको छ ।

बर्षात्का बेला जिल्लाका सबै स्थानीय तहमा बाढी पहिरोलगायत विपद्का घटना भएर जनधनको क्षति भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

गएको बर्षात्मा जिल्लाका दुहु र अपिहिमाल गाउँपालिकामा बाढी पहिरो लगायतका विपद्का धेरै घटनापछि ती गाउँपालिका क्षेत्रलाई सरकारले संकटग्रस्त गाउँपालिका घोषणा गरेको थियो । जिल्लाका सबैजसो ठाउँहरू विभिन्न किसिमका प्राकृतिक विपद्का घटनाहरू हुने भएकाले सिंगो जिल्लालाई नै संकटग्रस्त जिल्ला घोषणा गर्न बैठकका सहभागीहरूले जोड दिएका छन् ।

समितिले संकटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । पुरै जिल्लालाई संकटग्रस्त जिल्ला घोषणाका लागि जिल्ला विपद् व्यवस्थापन समिति बैठकको निर्णय उतार गरेर मन्त्रालयमा सिफारिस गरिने छ । उनका अनुसार बुधबारको बैठकमा प्रशासनलाई सबै स्थानीय तहका वडाहरूमा विपद् खोज उद्धार राहत सामग्री मौज्दात भएरनभएको विवरण माग गरिएको छ ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार विपद् खोज उद्धार राहत सामग्री मौज्दात भए नभएको विवरण माग भएअनुसार स्थानीय तहहरूलाई पत्राचार गर्ने निर्णय गरिएको प्रशासन कार्यालयका विपद् व्यवस्थापन फाँटका नासु रामराज पन्तले बताए । उनका अनुसार उद्धार तथा राहत सामग्रीमा घन २र२ वटा हुनुपर्नेछ ।

टर्चलाइट तथा हेडलाइट ४ थान, सिट्ठी, प्राथमिक उपचार सामग्री र अन्य सामग्री वडामा भए नभएको विवरण प्रशासन कार्यालयमा बुझाउन पत्राचार गर्ने निर्णय गरिएको छ । त्यस्तै, यसअघि सरकारले संकटग्रस्त घोषणा गरेका दुहु र अपिहिमाल गाउँपालिकाका बाढीपहिरो पीडितहरूको पहिचान गरी विवरण पठाएको छ ।

यस वर्षको मनसुनजन्य विपद्बाट निजी आवास क्षतिग्रस्त भएका वा गुमाएका दुवै स्थानीय तहहरूमा लाभग्राहीहरूको विवरण राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन व्यवस्थापन प्राधिकरणमा पठाउने निर्णय भएको नासु पन्तले बताए ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र