बैशाख २१ कञ्चनपुर । कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जना भातिय मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । पुनर्वास नगरपालिका वडा नम्बर–७ ‘च गाउँ’को न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको हो भने एक जना बालक गम्भीर घाइते भएका हुन ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीले आईतबारराति इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिदा भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको मृत्यु भएको बताए ।
घाइते अवस्थामा उपचारका लागि धनगढी ल्याइएका उनीहरू मध्ये अजयको सेती प्रादेशिक अस्पताल र पवनको नवजीवन अस्पतालमा मृत्यु भएको उनले जानकारी गराए । त्यसैगरी ११ वर्षीया घुर्रा कुमार गम्भीर घाइते भएको उनले बताए ।
उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी गराए । काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले उनीहरूलाइ ठक्कर दिएको बताउदै उनले घटना पछि चालक फरार भएको बताए ।


