जेठ २९ धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न भएको मतदानको मतगणना जारी छ। अहिले सम्म ४ सय मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर २ सय ४५ मतका साथ अगाडि रहेका छन् ।
उनका प्रतिस्पर्धी सुरेन्द्र राठी १३१ मतका साथ उनलाई पछ्याइ रहेका छन्। महासचिव बाहेक सबै पदमा कुँवर प्यानलकै उम्मेदवार अगाडि रहेका छन्। वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले २ सय ९ मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले १ सय ६४ मत ल्याएका छन्।
उद्योग उपाध्यक्षमा दिनेश लम्साल २ सय १९, उनका प्रतिस्पर्धी घनश्याम चौधरी १ सय ३५, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल १ सय ९०, प्रकाशचन्द्र भट्ट १ सय ५८, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त १ सय ९२, केशवदत्त पाण्डेय १ सय ५२, महासचिवमा सिद्धराज पनेरु १ सय ७९, ओमबहादुर विष्ट १ सय ७८, कोषाध्यक्षमा भीमराज ओझा अब्बु २ सय ५०, रंजनकुमार शर्मा १ सय ६, र सचिवमा सुरेश पाण्डेय १ सय ३६, महेन्द्रकुमार सिंह १ सय १७ र जयराज न्यौपानेले ८६, मत प्राप्त गरेका छन्। संघको शनिबार सम्पन्न निर्बाचनमा १ हजार ९५ मत खसेको थियो।


