"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो

No data was found

Khabar Raftar

बैशाख ०९ डडेल्धुरा । डडेलधुराका स्थानीयले घरमै राहदानी पाउन थालेका छन् । दुर्गम क्षेत्रका बासिन्दाले घरमै राहदानी पाउन थालेपछि पैसा र समयको बचत भएको छ । डडेलधुराको ग्रामीण क्षेत्र महाकाली नदी किनारको बस्ती परशुराम नगरपालिका वडा नम्बर–६, करालीकी निर्मला बोहोराले एक दिनको यात्रा गरेर जिल्ला सदरमुकाम खलङ्गामा रहेको जिल्ला प्रशासन कार्यालय पुगेर अनलाइन प्रक्रिया मार्फत राहदानीका लागि फारम दर्ता गराएको बताउदै शुक्रबार घरमै राहदानी पाएका बताईन ।

घरमै राहदानी पाउँदा खुसी लागेको बताउदै उनले जिल्ला प्रशासन कार्यालय डडेलधुराले हुलाक मार्फत राहदानी घरमा पु¥याएको बताईन । करालीबाट करिब दुई हजार रुपैयाँ गाडी भाडा मात्रै तिरेर एक दिनको यात्रा गरी जिल्ला प्रशासन कार्यालय पुग्नु पर्ने अबश्थामा घरमै राहदानी पाउदा निकै सहज भएको बताईन । उनी मात्रै नभइ सोही गाउँका विक्रम बोहोरा, उमेश धामी र अमरबहादुर धामीले पनि घरमै राहदानी पाएको बताए ।

धामीले दुर्गम क्षेत्रका बासिन्दाले राहदानी लिन करिब दुई दिन सम्म यात्रा गर्नुपर्ने बताउदै पाँच हजार देखि सात हजार रुपैया सम्म खर्च बेहोर्नु पर्ने बाध्यताको अन्त्य भएको बताए । सरकारको नीति राहदानी हुलाक मार्फत घर घरमै पु¥याउने भएका कारण पहिलो चरणमा हुलाक मार्फत केही थान राहदानी स्थानीयको घरमै पठाएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए ।

सरकारी सेवा घरमै उपलब्ध गराउने सरकारको नीति अनुसार काम सुरु गरेको बताउदै उनले हुलाक कार्यालय मार्फत राहदानीलाई घरमै पुगेर उपलब्ध गराउने कामलाई निरन्तरता दिने बताए । जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा २ सय ७५ जनाको घरमै राहदानी पठाएको उनले बताए ।

एक साता अघि हुलाक मार्फत पठाइएका राहदानी सम्बन्धी व्यक्ति वा उनको घरका सदस्यलाई हुलाकका कर्मचारीले पु¥याउने काम गरिरहेको जिल्ला हुलाक कार्यालय डडेलधुराका कार्यालय प्रमुख विजयराज ओझाले जानकारी गराए । जिल्लाका सात वटै स्थानीय तहमा इलाका हुलाक कार्यालय रहेको बताउदै उनले जिल्ला हुलाक कार्यालयले इलाकामा राहदानी पठाए पछि इलाका हुलाक कार्यालयका कर्मचारीले स्थानीयका घरमै राहदानी पु¥याउने गरेको बताए ।

हुलाक मार्फत घरमै राहदानी वितरण सेवा सुरु भए पछि नागरिकलाई सहजता हुनुका साथै सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख ओझाले बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो