"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

No data was found

Khabar Raftar

बैशाख ०९ डडेल्धुरा । जिल्ला सदरमुकाम डडेल्धुरामा करिब चार किलोमिटर सडक बजेट अभावमा अलपत्र परेको छ । सडक विस्तारका लागि सरकारले ६५ करोड रुपैयाँ मुआब्जा वितरण गरेको चार वर्ष पूरा भए पनि सडक विस्तार कार्य बजेट अभावमा अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७७÷०७८ मा स्थानीयलाई मुआब्जा वितरण गरिएपछि सडक दायाँ–बायाँ १५–१५ मिटर भित्रका घर तथा संरचना हटाइएका थिए । केही व्यापारीहरूले मुआब्जा पाएको जग्गा प्रयोग गर्दै घर तथा पसल अगाडी सडकको भाग मासिक १० हजार रुपैयाँसम्म भाडामा लगाएर फलफूल र तरकारी बिक्री गर्दै आएको देखिएको छ ।

हाल पाँच मिटर चौडा कालोपत्रे भएको उक्त सडकलाई ३० मिटर चौडा बनाउने योजना भए पनि आवश्यक बजेट अभावका कारण काम अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय कुलपाते, डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी गराए ।

कैलाली–दार्चुला जोड्ने महाकाली राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा नम्बर–५ बागबजारको पिपल चौतारा देखि वडा नम्बर ८ डकलेसम्म सडक विस्तारका लागि सरकारले मुआब्जा वितरण गरेको हो । पहिलो चरणमा २० करोड, दोस्रो चरणमा ३० करोड र बाँकी रकम तेस्रो चरणमा पठाइएको कार्यालय प्रमुख भट्टराईले जानकारी गराए ।

पहिलो चरणमा बागबजार देखि तुफान डाँडातर्फ करिब तीन सय मिटर क्षेत्रमा रहेका १ सय ६ घर तथा जग्गाधनीलाई मुआब्जा वितरण गरिएको उनले बताए । दोस्रो चरणमा २ सय ८४ जनालाई मुआब्जा दिइएको उनले बताए ।

सडक डिभिजन कार्यालय कुलपाते, डोटीले उक्त सडक विस्तारका लागि ९७ करोड रुपैयाँ बजेट विभागसँग माग गरेको बतउदै उनले माग गरिएको तीन वर्षपछि चालु आर्थिक वर्ष २०८२÷८३ मा २० करोड रुपैयाँ ‘रातो किताब’मा समावेश भए पनि भदौमा भएको जेनजी आन्दोलन पछि बनेको सरकारले उक्त रकम रोक्का गरेको जानकारी गराए ।

रकम अभावका कारण हालसम्म सडक विस्तारको काम अघि बढ्न नसकेको उनले बताए । सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाको ट्रान्जिट प्वाइन्टका रूपमा रहेको डडेल्धुरामा साँघुरो सडकका कारण आवत जावतमा समस्या भइरहेको छ । सडक कालोपत्रे भएको २६ वर्षपछि स्तरोन्नतिको योजना अघि बढे पनि बजेट अभावले काम रोकीदा स्थानीय निराश बनेका छन् ।

२०३५ सालमा पहिलो पटक डडेल्धुरामा गाडी पुगेको थियो भने बजार क्षेत्रको सडक २०५४ सालमा कालोपत्रे सुरु भई २०५७ सालमा सम्पन्न भएको थियो । सडक विस्तारमा ढिलाइ हुनुको मुख्य कारण बजेट अभाव र बहुवर्षीय स्रोत सहमति नहुनु रहेको सडक डिभिजन कार्यालय डोटीका सूचना अधिकारी उदय कठायतले जानकारी गराएका छन ।

अहिले बजेट व्यवस्थापनका लागि विभागमा प्रस्ताव पठाइएको बताउदै उनले ८० करोड रुपैयाँको बहुवर्षीय योजना स्वीकृत गराउने प्रक्रिया अघि बढाइएको बताए । आर्थिक वर्ष २०८३÷८४ मा बजेट सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अघि बढाई सडक विस्तारको काम सुरु गरिने तयारी रहेको उनले बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो