"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

No data was found

Khabar Raftar

बैशाख ०९ कञ्चनपुर । कञ्चनपुरका आरक्ष पीडितहरूले अर्धनग्न रुपमा प्रदर्शन गरेका छन् । बुधवार दिउँसो १२ बजे टन्टलापुर गर्मीको प्रबाह नगरी आरक्ष पीडितहरूले पुनस्र्थापनाको माग सहित अर्धनग्न रुपमा प्रदर्शन गरेका हुन ।

चर्को गर्मीका कारण दिउँसो बाहिर निस्कनै मुस्किल भएको अवस्थामा आरक्ष पीडितहरूले अर्धनग्न भएर पुनस्र्थापनाको माग सहित जिल्ला प्रशासन कार्यालय अगाडी शान्ति पूर्ण आन्दोलन गरेका हुन ।

गत साताको शुक्रवार देखि पुनस्र्थापनाको माग सहित जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडी धर्ना दिन सुरु गरेका आरक्ष पीडितहरूले बुधवार देखि आन्दोलनको स्वरूप परिवर्तन गर्दे चर्को गर्मीमा अर्धनग्न भएर प्रदर्शन गर्न थालेका हुन् ।

७० वर्षीय आरक्ष पीडित अमरजङ्ग शाहीले आफूहरूबाट जमिन खोसेको २४ वर्ष बितिसक्दा समेत सरकारले पुनस्थापना नगरेको भन्दै चर्को गर्मीमा अर्धनग्न भएर शान्ति पूर्ण आन्दोलनमा उत्रिनु परेकोे बताए ।

रातिको समयमा बिच्छी, सर्प, मच्छरको परवाह नगरी सडक छेउमा पाल मुनी सुत्दै आएको बताउदै उनले आरक्ष पीडितहरूलाई स्वास्थ्य, खानपिन र आधारभूत आवश्यकताबाट सरकारले वञ्चित गर्दे आएकाले आन्दोलनमा उत्रिन बाध्य
भएको बताए ।

निर्वाचन पूर्व जमिनको मालिक बनाउने बाचा गरेको वर्तमान सरकारले कुनै कार्य नगरेपछि शान्तिपूर्ण रूपमा आन्दोलन गर्न बाध्य भएको आरक्ष पीडित सङ्घर्ष समितिका सचिव कृष्ण भट्टले बताए । सरकारले माग पुरा नगरुन्जेल निरन्तर आन्दोलन गरीरहने उनले बताए ।

आरक्ष पीडितहरूलाई द्वन्द्व पीडित घोषणा गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन उनले सरकारसँग माग गरेका छन । आरक्ष पीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले बहुमतको सरकार बनेको अवस्थामा समेत आरक्ष पीडितहरूको पुनस्र्थापनाका लागी वर्तमान सरकारले वास्ता नगरेपछि आन्दोलित हुनुपरेको बताए ।

सरकारले माग पुरा नगरुन्जेल निरन्तर आन्दोलनमा उत्रिने उनले बताए । गत शुक्रवार देखि जिल्ला प्रशासन कार्यालयको गेट अगाडी धर्ना बसेर आरक्ष पीडितहरूले १० कठ्ठा जमिन नघटाई उपलब्ध गराउनु पर्ने, आधारभूत कुराहरूको निःशुल्क र ग्यारेन्टी गरिनुपर्ने, आरक्ष पीडितहरूको एउटै वडा घोषणा गरिनु पर्ने, आरक्ष पीडितहरूलाई द्वन्द्व पीडित घोषणा गरिनुपर्ने लगायतका मागहरू राख्दै आएका छन् ।

निरन्तर आन्दोलनका स्वरूप परिवर्तन गर्दे आरक्ष पीडितहरूले शान्तिपूर्ण रूपमा पर्दशन गरिरहेका छन् । विसं २०५८ सालमा निकुञ्ज विस्तारका क्रममा विस्थापित पारिएका दुई हजार ४ सय ७३ घर आरक्ष पीडित परिवारहरू हाल महेन्द्रनगर स्थित जडिबुटीको सार्वजनिक जमिनमा अस्थायी टहरा बनाएर कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो