"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

No data was found

Khabar Raftar

बैशाख ०९ धनगढी । कैलालीका स्थानीय पालिकाहरूले गहुँ काटीसकेपछि खेतबारीमा आगो नलगाउन स्थानीय नागरिकलाई अनुरोध गरेका छन् । किसानले गहुँ बाली भित्र्याइसके पछि खेतबारीमा आगो लगाउने कार्यले विपत निम्त्याउन सक्ने भएकाले पालिकाहरूले खेतबारीमा आगो नलगाउन स्थानीय नागरिकलाई अनुरोध गरेका । खेतबारीमा आगो लगाउँदा माटो सुरक्षामा असर पर्ने, वातावरण प्रदूषित हुनुका साथै बस्तीमा आगलागीको जोखिम बढ्ने भएकाले आगो नलगाउन पालीकाहरुले सूचना मार्फत आग्ह गरेका हुन ।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा किसानले गहुँ भित्र्याउने काम सकेका छन । खेतबारीमा रहेको गहुँको नलमा किसानले आगो लगाउँदा जन धनको क्षतिका घटना हुने भएकाले सचेत हुन कैलालीको जानकी गाउँपालिकाले आग्रह गरेको   छ । गाउँपालिकाले गहुँ बाली भित्र्याउने क्रममा निस्किएको नल÷भुसा खेतमा नजलाई गौशालामा रहेका गाईवस्तुको आहाराका लागि निःशुल्क उपलब्ध गराइदिन अनुरोध गरेको विपद् सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसीले जानकारी गराएका छन ।

टीकापुर नगरपालिका वडा नम्बर–२ मा रहेको गौशालामा जानकी गाउँपालिका र टीकापुर नगरपालिका क्षेत्रका छाडा गाई गोरु राख्ने गरिएको छ । गौशालामा रहेका गाई गोरुलाई आहारा अभाव भएका बेला किसानले खेतबारीमा आगो लगाएर आहारा नष्ट गर्नुभन्दा पशुलाई उपलब्ध गराउनु असल कर्म हुने जानकी गाउँपालीका वडा नम्बर–४ का रतन धामीले बताए ।

त्यसैगरी जोशीपुर गाउँपालिकाले खेतमा आगो लगाउँदा मानव बस्तीमा आगलागीजन्य घटना बढेकाले आगो नलगाउन आह्वान गरेको छ । गाउँपालिकाका कृषि अधिकृत सञ्जय चौधरीले आगो लगाउँदा सुक्ष्म जीवहरू मर्न गई माटोको उर्वराशक्ति ह्रास हुने बताउदै माटोको भौतिक, जैविक र रासायनिक गुण बिग्रने बताए । वातावरण प्रदूषण हुने, पशु आहारामा कमी हुने बताउदै उनले भुस्सा सङ्कलन गरी पालिकाले सञ्चालन गरेको गौशालामा बिक्री गरी सघाउन अनुरोध गरेको बताए ।

पालिकाले गहुँको भुस्साको मूल्य तोकेर बिक्री गर्ने किसानलाई पालिकामा आवेदन दिन सूचना गरेको जानकारी गराउदै उनले पालिकाले किसानको भुस्सा पशुको आहाराका लागि खरिद गर्ने बताए । पालिकाले तोकेको मूल्य अनुसार प्रतिट्रली भुस्सा तीन हजार ७ सय, प्रतिडनलप दुई हजार ५ सय तोकेको उनले जानकारी गराए ।

किसानको भुस्सा पालिकाले खरिद गर्ने बताउदै उनले बिक्री गर्ने किसानले पालीकाको वडा नम्बर–३ बञ्जरियामा रहेको काञ्जी हाउसमा पुर्याउनु पर्ने बताए । त्यसैगरी टीकापुर नगरपालिकाले पनि खेतबारीम आगो नलगाउन आग्रह गरेको छ । वन वातावरण तथा विपद् व्यवस्थापन शाखाकी प्रमुख निर्मला चौधरीले गहुँ बारीमा लगाएको आगाले खतरा उत्पन्न गरेको यस अघिका घटनाले देखाएकाले पछिल्ला केही वर्षयता आगो नलगाउन सचेत गराउने गरेको बताइन् ।

आगो लगाउँदा कहिलेकाहीँ घर तथा बस्तीमा आगलागी हुन सक्ने बताउदै उनले पालीकासंग एकमात्र दमकल भएको र प्रयाप्त जनशक्ति पनि नभएकाले खेतमा लगाएको आगो निभाउन समस्या हुने गरेको बताईन । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले समेत माटो सुरक्षाका लागि भए पनि खेतबारीमा आगो नलगाउन आग्रह गरेको छ ।

बाली विकास अधिकृत गिरिशराज जोशीले आगो लगाउँदा प्रदूषण बढ्नुका साथै माटोमा भएका मित्र कीराहरू पनि मर्ने भएकाले फाइदा नहुने बताए । खेतबारीमा आगो लगाउनुको सट्टा जोतेर पल्टाइ दिएमा गलेर मल बन्ने बताउदै उनले मलको समस्या टार्नका लागि बाँझो जमिनमा ढैचा खेती गरेर हरियो मलका रूपमा प्रयोग गर्न सकिने बताए ।

गत वर्षबाट किसानलाई सचेत गराएका कारण यस वर्ष अहिले सम्म टीकापुरमा तीनवटा मात्र आगलागीका घटना भएको विपद् व्यवस्थापन शाखाकी प्रमुख चौधरीले बताईन । गत वर्ष यो सिजनमा १२ वटा आगलागीका घटना भएको उनले बताईन । टीकापुरको दमकलले जानकी गाउँपालिका,जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दियाको राजापुर नगरपालिका सम्म आगो निभाउने सेवा दिने गरेको जानकारी गराउदै उनले यस वर्ष भजनीमा दमकल ल्याएपछि केही राहत भएको

बताईन । गर्मीको समयमा मानिसहरुको सानो लाफरवाहीले ठुलो आगलागीका घटना हुन सक्ने भएकाले सबैले सचेत हुन उनले आग्रह गरिन ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो