स्वानश्थ्य नै धन हो । स्वाश्थ्य छ त सबै कुरा छ छैन त केही छैन । त्यसैले स्वाश्थ्य क्षेत्रलाई प्रभावकारी र सुविधायुक्त बनाउन जरुरी छ । सरकारले नागरिकको हितका लागी स्वाश्थ्यमा लगानी बढाउन जरुरी छ । स्वाश्थ्य उपचार पाउने नागरिकको अधिकारको ग्यारेन्टी गर्न अस्पतालमा आवश्यक उपकरणहरुको ब्याबश्था गर्न जरुरी छ । अस्पतालमा पर्याप्त जनशक्ति र स्वास्थ्य उपकरण र भौतीक पूर्बाधारको अभावमा नागरिकले उपचार पाउन नसक्ने अबश्थाको अन्त्य गर्न जरुरी छ । अस्पतालहरुमा अहिले पनि नागरिकहरुले घण्टौ लाईन बस्नु पर्ने अबश्था छ ।
घण्टौ रिपोर्टका लागी पर्खनु पर्ने अबश्था छ । त्यती मात्र होईन विरमीले पाउनु पर्ने निशुल्क उपचारलाई पनि सहज बनाउन जरुरी छ । अस्पतालको फार्मेसीमा पर्याप्त मात्रामा औषधीको बनदोबस्त मीलाउन जरुरी छ । पर्याप्त जनशक्ति र स्वास्थ्य उपकरणको समयमै ब्याबश्था गरी नागरिकलाई उपचारमा सहज बनाउन जरुरी छ । अस्पताललाई समय अनुसार स्तरउन्नती गरी नागरिकलाई सस्तो,भरपर्दो, सहज र सरल रुपमा स्वाशथ्य उपचार सेवा प्रदान गर्न जरुरी छ ।
अस्पतालको स्तरउन्नती गरी स्रोत साधन, जनशक्ति र उपकरणहरुको पनि ब्याबश्थापन गर्न जरुरी छ । स्वास्थ्य उपकरण अभावका कारण बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी छ । नागरिकको उपचारमा सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ । विशषेज्ञ सेवा प्रदान गरी सरकार भएको आभाष दिलाउन जरुरी छ । तुलनात्मक रुपमा पहिले भन्दा अहिले अस्पतालहरुमा अबश्थ सुधार भएको छ । अझै सुधार गर्दे लैजान जरुरी छ ।
विशेषज्ञ चिकित्सकहरुको ब्याबश्थापन गर्न बाध्यकारी कानुन बनाउन जरुरी छ । स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरी चिकित्सक र आवश्यक उपकरणको ब्याबश्था गरी सरकार जनताको स्वाशथ्य प्रति जिम्मेवार बन्न जरुरी छ । नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारको ग्यारेन्टी गर्न जरुरी छ । अस्पताललाई सुविधायुक्त बनाएर नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न जरुरी छ ।

