"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

No data was found

Khabar Raftar

बैशाख २१ धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले विद्यालय, घर, पसल तथा विद्युत संरचनामा ठूलो क्षति पु¥याएको छ । विशेषगरी बैतडी जिल्लामा सोमबार दिउँसो पानीसँगै आएको हावाहुरीले ठूलो क्षति पु¥याएको हो ।

दोगडाकेदार गाउँपालिका वडा नम्बर–३ कपडास्थित जसलिङ्ग आधारभूत विद्यालयको जस्तापाताले छाएको छानो उड्दा शैक्षिक सामग्रीमा क्षति पुगेको छ भने पठन पाठन प्रभावित हुने देखिएको छ । त्यसैगरी सिगास गाउँपालिका वडा नम्बर–१ मा पसल, पाटन नगरपालिका वडा नम्बर–७ मा घर तथा गोठ, र मेलौली नगरपालिका वडा नम्बर–९ मा नेपाल टेलिकमको टावरमा समेत क्षति पुगेको छ ।

मेलौली नगरपालिका वडा नम्बर–२ सलेनामा घर तथा पसलका छाना उड्नुका साथै धर्मघर माध्यमिक विद्यालयमा पनि क्षति भएको छ । शिवनाथ गाउँपालिका वडा नम्बर–१ कुस्मौतघाट स्थित सशस्त्र प्रहरीको बिओपी भवनको ब्यारेकको छानो समेत हावाहुरीले उडाएको छ ।

पाटन नगरपालिका वडा नम्बर–९ स्थित सिद्धेश्वर माध्यमिक विद्यालयको छात्रावास भवनमा ठूलो क्षति पुगेपछि विद्यार्थीहरूको आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । विद्यालय व्यवस्थापन समितिले सहयोगका लागि अपिल गरेको छ । हावाहुरीकै कारण विद्युत संरचनामा क्षति पुग्दा बैतडीमा विद्युत सेवा अवरुद्ध भएको छ ।

नेपाल विद्युत प्राधिकरण का अनुसार डडेल्धुरा र बलाँच क्षेत्रको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि सेवा प्रभावित बनेको हो । हाल मर्मत कार्य जारी रहेको बताईएको छ । त्यसैगरी कञ्चनपुर जिल्ला मा आइतबार आएको हावाहुरीले ३७ भन्दा बढी विद्युतीय पोलमा क्षति पु¥याएको छ ।

कृष्णपुर, बेदकोट र भीमदत्त नगरपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ । जनशक्ति अभावका कारण मर्मत कार्यमा केही ढिलाइ भइरहेको जनाइएको छ । मौसम पूर्वानुमान अनुसार आगामी तीन दिनसम्म मौसम सामान्य रहने अपेक्षा गरिएको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र