"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

No data was found

Khabar Raftar

बैशाख ०९ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मिडिया क्षेत्रलाई अंकुश लगाउनुभन्दा निश्चित मापदण्ड बनाएर अगाडी बढ्नु पर्ने बताएका छन ।

तीन तहका सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने संघीय सरकारको परिपत्रको विरोधमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले घोषणा गरेको दवाबमूलक अभियान अन्तर्गत महासङ्घको सुदूरपश्चिम प्रदेश समितिले बुधबार धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

संघ सरकारले केही मिडिया क्षेत्रलाई आतंकित गर्ने गरि परिपत्र गरेको बताउदै उनले पूर्णरुपमा विश्वासको वातावरण निर्माण नगरिकन कडाइ गरेको बताए । त्यसले विशेषगरी निजी क्षेत्रका मिडियालाई समस्या परेको बताउदै उनले सरकारले निश्चित मापदण्ड बनाएर सरकारी तथा निजी क्षेत्रका मिडियालाई अगाडी बढाउन संघीय सरकारलाई आग्रह गरेका छन ।

मुख्यमन्त्री शाहले आमसञ्चार विधेयक प्रदेशसभामा टेवुल भएको जानकारी गराउदै त्यसलाई सम्पूर्ण मिडिया क्षेत्रले अपनत्व गर्ने गरी पास गरिने बताए ।

छलफलमा महासंघका प्रदेश अध्यक्ष भरतबहादुर शाहले पछिल्लो समय सिर्जित मिडिया क्षेत्रका समस्या तथा प्रदेश समतिको धारणा बारेमा मुख्यमन्त्री शाहलाई जानकारी गराएका थिए । अध्यक्ष शाहले पछिल्लो समय निजी क्षेत्रका मिडिया धारासायी बनेको बताउँदै कर्मचारीको तलब त परै जाओस बिजुलीको बिल तिर्न मुस्किल भएको बताए ।

लोकतान्त्रिक गणतन्त्र स्थापनामा पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउँदै पत्रकारिता क्षेत्रलाई अहिलेको सरकारले कुन्ठित गर्न खोजेको उनले आरोप लगाए ।

उनले प्रदेशबाट उत्पादन हुने विज्ञापन प्रदेश भित्रकै मिडियामा दिनु पर्ने धारणा राखे । छलफलमा बोल्दै महासंघका निवर्तमान प्रदेश अध्यक्ष योगेश रावलले प्रदेशको विज्ञापन प्रदेशकै मिडियालाई दिनु पर्ने,स्थानीय श्रोत स्थानीइ स्तरमै प्रयोग हुनु पर्ने   बताए ।

त्यसैगरी पत्रकार हेमन्त पौडेलले स्थानीय पत्रपत्रिका समस्यामा रहेको बताउँदैँ स्थानीय मिडियाले विज्ञापन नपाउने काठमाडौमा दिनुपर्ने कुरा अव्यवहारिक भएको बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो