"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा संवेदनशील मतदान स्थलको निरीक्षण

No data was found

Khabar Raftar

माघ २६ बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदान स्थलको निरीक्षण कार्य भइरहेको छ । जिल्ला सुरक्षा समितिको तर्फबाट मतदान स्थलको निरीक्षण भइरहेको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले सुरक्षाको दृष्टिकोणले बैतडीका एक सय २९ वटा मतदान स्थल मध्ये ३३ वटा अतिसंवेदन शीलको सूचीमा रहेको जानकारी गराए ।

त्यसैगरी २८ वटा मतदान स्थल संवेदनशील र ६८ वटा मतदान स्थल सामान्य सूचीमा रहेको उनले बताए । अतिसंवेदनशील मतदान स्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । अहिले सम्म ३० वटा भन्दा बढी मतदानस्थलको निरीक्षण गरिएको उनले बताए ।

डिलाशैनी, सिगास, दोगडाकेदार र सुर्नया गाउँपालिकाका मतदान स्थलको निरीक्षण कार्य बाँकी रहेको र अन्य पालिकाका केही मतदान स्थलको निरीक्षण कार्य गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

जिल्लामा अतिसंवेदनशील सूचीमा रहेका सबै मतदानस्थलको निरीक्षण गर्ने योजना रहेको जिल्ला सुरक्षाा समितिले जनाएको   छ । निरीक्षणका क्रममा मतदान स्थलको अवस्था, सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवासँग छलफल गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

निर्वाचनका बेला खटिने कर्मचारीको आवास सुविधा, विद्युत, खानेपानी लगायत आधारभूत कुराको उपलब्धता सम्बन्धी अवस्थाको पनि निरीक्षण भइरहेको उनले बताए । कतिपय मतदान स्थल तथा केन्द्रमा सिसिटीभी क्यामेराको व्यवस्था आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

जिल्लामा एक सय २९ वटा मतदान स्थलमा दुई सय १४ मतदान केन्द्र रहेका छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार बैतडीमा एक लाख ५६ हजार तीन सय ७२ जना मतदाता रहेका छन् ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो