"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरमा तीन हजार भन्दा बढी अस्थायी मतदाता

No data was found

Khabar Raftar

माघ २६ कञ्चनपुर । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ मतदान गर्न कञ्चनपुरमा तीन हजार भन्दा बढी अस्थायी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलन गरी शनिबार प्रकाशित गरिएको अन्तिम नामावली अनुसार कञ्चनपुरमा तीन हजार भन्दा बढी अस्थायी मतदाता रहेका हुन ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले कञ्चनपुरमा हालसम्म सङ्कलन गरिएको सङ्ख्या अनुसार तीन हजार ३ सय ९ जना अस्थायी मतदाता रहेको बताए । शनिबार उनीहरूको अन्तिम नामावली प्रकाशित गरिएको उनले जानकारी    गराए । जिल्लामा रहेका सबै सरकारी कर्मचारी, संस्थानका कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका कैदीबन्दीको विवरण सङ्कलन गरी नामावली प्रकाशित गरिने कार्यालय प्रमुख जोशीले बताए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रकाशित नामावली अनुसार जिल्लास्थित ५० वटा सरकारी कार्यालयका ७ सय ४५ जना कर्मचारी, संस्थान र बैङ्क गरी सात वटा कार्यालयबाट १ सय ३२ जना, नौ वटै स्थानीय तहबाट एक हजार १ सय ७७ जना, प्रावि शिक्षक २ सय ८६ जना, ८ सय २६ सुरक्षाकर्मी, १ सय २२ जना निर्वाचन प्रहरी र २१ जना कारागारका कैदी गरी तीन हजार ३ सय ९ जना अस्थायी मतदाता छन् ।

यसअघि निर्वाचन कार्यालयले विभिन्न निकायसँग अस्थायी मतदाताको सङ्ख्या र नामावली माग गरेको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले अस्थायी मतदाताका लागि कति वटा र कुन कुन ठाउँमा अस्थायी मतदान केन्द्र राख्ने बारेमा पनि छलफल भइरहेको बताए ।

यद्यपि कारागारका २१ जना कैदी मतदाताको हकमा कारागारमा र निर्वाचनमा खटिएका सुरक्षाकर्मीले सोही मतदान केन्द्रमा मत खसाल्ने व्यवस्था मिलाइने सूचना अधिकारी महराले बताए । सूचना अधिकारी महराले आगामी निर्वाचनका लागि जिल्लामा एक जना तेस्रो लिङ्गी सहित एक लाख ६० हजार ३ सय १६ जना महिला र एक लाख ५४ हजार ६८ जना पुरुष गरी तीन लाख १४ हजार ३ सय ८५ जना मतदाता पुगेको बताए ।

कञ्चनपुरका तीन वटा निर्वाचन क्षेत्रमा १ सय ३२ वटा मतदान स्थल र ३ सय ६० मतदान केन्द्र तोकिएको उनले बताए । जिल्ला सुरक्षा समिति कञ्चनपुरका अनुसार जिल्लाका नौ वटा पालिकामा कायम गरिएका १ सय ३२ वटा मतदान स्थल मध्ये ६६ वटा अति संवेदनशील, ४० वटा मतदान स्थललाई संवेदनशील र २६ वटा मतदान स्थललाई सामान्य तोकेर सोही बमोजिमको सुरक्षा प्रबन्ध मिलाइँएको छ ।

त्यसैगरी ३ सय ६० वटा मतदान केन्द्र मध्ये १ सय ९२ वटा अति संवेदनशील, १ सय १९ वटा संवेदनशील र ४९ वटा सामान्य मतदान केन्द्र रहेका छन् ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन