माघ १९ धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी सुदूरपश्चिम प्रदेशमा १५ हजार ३ सय ९३ जना जनशक्ति खटाइने भएको छ ।
निर्वाचन कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा १५ हजार ३ सय ९३ जना जनशक्ति खटाउने भएको हो ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १५ हजार ३ सय ९३ जना जनशक्ति खटाइने जानकारी गराएका हुन ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा ८ सय ८२, क्षेत्र नम्बर २ मा ८ सय ६८, क्षेत्र नम्बर ३ मा ८ सय ८९, क्षेत्र नम्बर ४ मा ९ सय ५२ र क्षेत्र नम्बर ५ मा ८ सय ९६ जना कर्मचारी खटाईने प्रमुख भट्टले जानकारी गराए ।
त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा ८ सय ५४, क्षेत्र नम्बर २ मा ८ सय ६१ र क्षेत्र नम्बर ३ मा ८ सय ५ जना कर्मचारी खटाईने प्रमुख भट्टले जानकारी गराए । त्यसैगरी अछामको क्षेत्र नम्बर.१ मा ७ सय ३५, क्षेत्र नम्बर २ मा ७ सय ५६ जना कर्मचारी खटाईने भट्टले जानकारी गराए ।
डोटीमा एक हजार २ सय ६०, बाजुरामा ८ सय २६, बझाङमा एक हजार ३ सय २३, बैतडीमा एक हजार ४ सय ९८, दार्चुलामा एक हजार एक र डडेलधुरामा ९ सय ८७ जना जनशक्ति खटाईने प्रमुख भट्टले जानकारी गराए ।
निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना छनौट कार्य पूरा भएर तालीम सुरु भई सकेको छ । निकट भविष्यमा मतदाता शिक्षा कार्यक्रम पनि अगाडी बढाउने प्रमुख भट्टले जानकारी गराए ।
मतदान स्थल व्यवस्थापन र मतदान केन्द्रको तयारी भने पछि हुुने उनले जानकारी गराए । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा एक हजार १ सय ७६ मतदान स्थल र दुई हजार १ सय ९९ मतदान केन्द्र रहेको उनले जानकारी गराए ।
कैलालीमा २ सय ३७ मतदान स्थल र ६ सय ४१ मतदान केन्द्र निर्धारण गरिएको जानकारी गराउदै उनले कञ्चनपुरमा १ सय २२ वटा मतदान स्थल र ३ सय ६० वटा मतदान केन्द्र रहेको बताए ।
त्यसैगरी अछाममा १ सय ३० वटा मतदान स्थल र २ सय १३ वटा मतदान केन्द्र निर्धारण गरिएको जानकारी गराउदै उनले डोटीमा १ सय १८ वटा मतदान स्थल र १ सय ८० वटा मतदान केन्द्र रहेको जानकारी गराए ।
त्यसैगरी बाजुरामा ७७ वटा मतदान स्थल र १ सय १८ वटा मतदान केन्द्र, बझाङमा १ सय ३७ वटा मतदान स्थल र १ सय ८९ वटा मतदान केन्द्र निर्धारण गरिएको उनले जानकारी गराए ।
बैतडीमा १ सय २९ वटा मतदान स्थल र २ सय १४ वटा मतदान केन्द्र, दार्चुलामा १ सय १२ वटा मतदान स्थल र १ सय ४३ वटा मतदान केन्द्र र डडेलधुरामा १ सय ४ वटा मतदान स्थल र १ सय ४१ वटा मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
सुदूरपश्चिम प्रदेशमा आठ लाख ५२ हजार २ सय १९ जना पुरुष र आठ लाख ६४ हजार ४ सय २३ जना महिला गरी कुल १७ लाख १६ हजार ६ सय ६० जना मतदाता रहेको प्रमुख भट्टले जानकारी गराएका छन् ।


