"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा हुने

No data was found

Khabar Raftar

माघ १५ धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नयाँ अनुहारहरू बीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह, एमालेका यज्ञ ढुंगाना, नेकपाका प्रेम आले र रास्वपाका आनन्द बहादुर चन्द चारै जना नयाँ अनुहारहरू बीच प्रतिस्पर्धा हुने भएको हो ।

यसअघि कांग्रेस नेतृ डाः आरजु राणा देउवाले निर्वाचन लडेर पराजय भोगेको क्षेत्र नम्बर५ मा यसपटक पनि उनको उम्मेदवारीको चर्चा चलेको थियो । कांग्रेसले जिल्लाबाट आरजुसहित तीन जनाको नाम सिफारिस गरेको भए पनि कांग्रेसमा विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि आरजुले टिकट नपाएर कांग्रेस प्रदेश महामन्त्री नरनारायण शाहले टिकट पाएका हुन ।

शाह पहिलो पटक निर्वाचनमा उँम्मेदार भएका छन । त्यसैगरी नेकपा एमालेबाट जिल्ला अध्यक्ष यज्ञ ढुंगाना चुनावी प्रतिस्पर्धामा रहेका छन् । ढुंगाना पनि पहिलो पटक चुनावी उम्मेदार बनेका हुन । यसअघि दुई पटक यस क्षेत्रबाट चुनाव लडेका एमाले नेता नारदमुनी रानाले यसपटक टिकट नपाए पछि ढुंगानाले टिकट पाएका हुन ।

रानाले २०७४ सालको निर्वाचनमा कांग्रेसकी नेतृ आरजु देउवालाई झण्डै पाँच हजार मतान्तरले पराजित गरेका थिए । त्यसपछि राना २०७९ को निर्वाचनमा कांग्रेसका डिल्लीराज पन्तसँग एक हजार मतान्तरले पराजित भएका थिए । त्यसैगरी नेकपाबाट पनि यस क्षेत्रका लागि नयाँ अनुहार प्रेम आले चुनावी प्रतिस्पर्धामा रहेका छन ।

डोटीबाट पटक–पटक निर्वाचन लडेर मन्त्री समेत बनेका आले कैलाली क्षेत्र नम्बर ५ का लागि नयाँ अनुहार हुन् । रास्वपाबाट आनन्दबहादुर चन्द चुनावी प्रतिस्पर्धामा छन् । चन्द पनि यस क्षेत्रका लागि एकदमै नयाँ अनुहार हुन् । यस क्षेत्रमा कांग्रेसको संगठन बलियो रहेको बताइए पनि निर्वाचनको परिणाम भने फरक – फरक आउने गरेको छ ।

२०४८ साल देखि २०७९ सम्म हेर्दा चार पटक कांग्रेसका उम्मेदवार विजयी हुँदा दुई पटक एमाले र एक पटक तत्कालीन माओवादीले चुनाव जितेको इतिहास छ । यसै निर्वाचन क्षेत्रमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले समेत २०७० मा निर्वाचन जितेका थिए ।

अहिले कांग्रेसले कैलाली जिल्लाको दुई पटक सभापति भइसकेका प्रदेश महामन्त्री नरनारायण शाहलाई उम्मेदवार बनाए पछि उनका पक्षमा सबै कांग्रेसी एकजुट भएर खटिएको कांग्रेस कैलालीका सचिव नृप सुनारले बताएका छन । उनले सबैले रुचाएका उम्मेदवार कांग्रेसले अघि सारेका कारण र संगठन पनि बलियो रहेकाले कांग्रेसको जित सुनिश्चित भएको बताए ।

शाह राजनीतिसँगै यस क्षेत्रमा लामो समय देखि विभिन्न सामाजिक संस्थामा सक्रिय छन् । खासगरी उनलाई सबैले मिलनसार, सहयोगी र निष्कलंक नेताका रूपमा चिन्ने गरेका छन । एमालेका उम्मेद्वार यज्ञ ढुंगाना पनि युवा तथा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका कारण जितको सम्भावना रहेको एमाले पक्षको दाबी छ ।

यस क्षेत्रका एमाले नेता धर्म पाठकले एमालेको संगठन चुस्तदुरुस्त रहेको र सबै एकजुट भएकाले यसपटक एमालेले जित्ने दाबी गरेका छन । कांग्रेस र एमालेको तुलनामा नेकपाको संगठन कमजोर रहे पनि चुनावी मैदानमा रहेका प्रेम आलेले व्यक्तिगत रूपमा धेरै मत आकर्षित गर्न सक्ने नेकपाका नेताहरूले बताएका छन ।

नेकपाका नेता तथा यसै निर्वाचन क्षेत्रको प्रदेश सभा क बाट निर्वाचित सदस्य रमेश धामीले नेकपाको देशभरको लहर र उम्मेदवारको व्यक्तिगत छविका कारण नेकपा पनि कडा प्रतिस्पर्धामा रहेको    बताए । रास्वपाको बाहिर संगठन नदेखिए पनि शहरी क्षेत्र भएका कारण भित्र भित्रै आफ्ना मतदाता रहेको रास्वपाका नेता हरि रेग्मीले बताए ।

उनले शहरी क्षेत्र परिवर्तनको पक्षमा हुने हुँदा कैलाली ५ मा पनि यसपटक मत परिवर्तन हुने बताए । हाल सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको यस निर्वाचन क्षेत्रमा सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाका बासिन्दाको बाहुल्यता रहे पनि देशभरका सबै जिल्लाका नागरिकको पनि बसोबास रहेको छ ।

यस निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाका १९ वटा वडा र कैलारी गाउँपालिकाका दुई वटा वडा रहेका छन । यसअघिको स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका थिए । १९ वडा मध्ये १२ वटा वडा कांग्रेसले जिते पनि मेयर भने गुमाएको थियो । उपमेयर सहित पाँच वटा वडा एमालेले जितेको थियो । तत्कालीन माओवादी केन्द्रले दुई वटा वडा मात्रै जितेको थियो ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो