माघ ०९ धनगढी । धनगढी । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधान मन्त्री डाःबाबुराम भट्टराईले निरन्तर जनताको सेवामा लागिरहने बताएका छन् । शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि उनले आफू निरन्तर जनताको सेवामा लागिरहने बताएका हुन् ।
देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाउदै डाः भट्टराईले प्रस्थावक र समर्थक हार्दिक आभार व्यक्त गरेका छन । विभिन्न व्यक्ति र दलहरूको आग्रह पछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको उनले बताएका छन । तपाईं जस्तो व्यक्तिले साझा व्यक्तिको रुपमा रहनु पर्छ भन्ने विभिन्न दलका व्यक्तित्वले सल्लाह सुझाव दिएकाले आफुले उम्मेदारी फिर्ता लिएको उनले बताए ।
देशको अहिले तरल अवस्था छ, त्यसले निश्चित आकार ग्रहण गरेको छैन,’ तपाईंले चुनावी प्रतिस्पर्धामा लाग्नु भन्दा सल्लाह सुझाव दिएर अघि बढ्दा उपयुक्त हुन्छ भन्ने साथीहरू र दलको पनि सुझाव आएको उनले बताए । सबैको आग्रह बमोजिम आफू बाहिरै रहेर अभिभावकीय भूमिकामा रहँदा राम्रो हुने उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्था र थपिएका चुनौतीहरुको व्यवस्थापन गर्नु पर्ने भएकाले पनि अभिभावकिय रुपमा बस्नु पर्ने उनले बताए ।
मुख्य रुपमा देशमा तीव्र आर्थिक विकास र समृद्धिको आधारको रुपमा अघि बढ् पर्ने बताउदै उनले सबैको आग्रह बमोजिम बाहिर रहेर दलहरूलाई सघाउने र भोलि आवश्यक पर्ने देशको अभिभावकीय भूमिका निर्वाह गर्नु ठिक हुन्छ भनेर उम्मेदारी फिर्ता लिने निर्णय गरेको बताए । उनलाई उम्मेदवारी फिर्ताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आग्रह गरेको बताइृएको छ ।
रास्वपाले यो क्षेत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी मैदानमा उतारेको छ । बुर्लाकोटी यही क्षेत्रबाट यस अघिको निर्वाचनमा पनि सहभागी भएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँ पराजित भएका थिए । यसपटक प्रचण्डले भने निर्वाचन क्षेत्र फेरेका छन् । स्रोतका अनुसार, प्रचण्डले पनि बाबुरामलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट यो क्षेत्रमा लेखनाथ न्यौपाने उम्मेदवार छन् ।


