"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रतिनिधि सभा निर्बाचनका लागी सुदूरपश्चिम सहित देशभर मनोनयन दर्ता

No data was found

Khabar Raftar

माघ ०६ धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्बाचनका लागी सुदूरपश्चिम प्रदेश सहित देशभर मनोनयन दर्ता गरिएको छ । मंगलबार प्रतिनिधि सभा निर्बाचनका लागी सुदूरपश्चिम प्रदेश सहित देशभर मनोनयन दर्ता गरिएको हो ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा फागुन २१ गते हुने निर्वाचनका लागी १३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गएका छन् । कैलाली क्षखत्र नम्बर ५ मा नेपाली काँग्रेस, नेकपा एमाले, रास्वपा, नेकपा र स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको हो । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेले उम्मेद्वारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका नर नारायण शाह मनु, नेपाल कम्युनिस्ट पार्टीका प्रेमबहादुर आले र एमालेबाट यज्ञराज ढुङगानाले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पाटी बाट आन्नद चन्दले उम्मेद्वारी दर्ता गराएका छन् । कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेद्वारी दर्ता गराएका काग्रेसका शाह र एमालेका ढुङगानाले यस अघिको निर्वाचनमा फरक फरक समयमा जितेका कारण आफुहरुको जित सुनिश्चित भएको बताएका छन् ।

यसअघि एकीकृत समाजवादी पार्टीका तर्फबाट डोटीबाट निर्वाचित भएका आले यसपटक कैलाली ५ बाट उम्मेदवार बनेका छन । डोटीबाट २०६४ सालमा पहिलो संविधान सभाको चुनावमा पराजित भएका आले त्यसपछिका चुनावमा डोटीबाट लगातार जित हासिल गर्दै आएका नेता हुन् । उनले आफुले यस अघि पटक पटक सुदूरपश्चिमको विकासका लागी धेरै राम्रो काम गरेका कारण आफ्नो जित निश्चित भएको बताए ।

नेपाली शाह काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री तथा काँग्रेस कैलालीका पूर्वसभापति हुन् । काँग्रेस क्षेत्रीय समितिले यस क्षेत्रबाट उम्मेदवारका लागि शाह सहित चार जनाको नाम सिफारिस गरेको थियो । डाक्टर आर्जु राणा देउवा, नरनारायण शाह, डिल्लीराज पन्त र नृपबहादुर वडलाई सिफारिस गरेको भए पनि पार्टीले यस पटक शाहलाई उम्मेदवार बनाएको हो ।

त्यसैगरी नेकपा एमालेका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदारी दिएका यज्ञराज ढुङ्गाना नेकपा एमाले कैलालीका अध्यक्ष हुन । ढुङ्गानालाई यस पटक पार्टीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको हो । ढुङ्गानाले एमालेका उपमहा सचिव लेखराज भट्ट तथा पूर्व सांसद नारदमुनि रानालगायत नेताहरूको उपस्थितिमा एमालेबाट म्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पाटीका आन्नद चन्दले नेपाली जनताले अहिले रास्वपा लाई खोजिरहेका कारण आफ्नो प्रतिप्रधी कोही नभएको बताए । त्यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् । उनले अत्तरियास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

भट्ट अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका बीरबहादुर बलायरसंग पराजित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी कैलाली क्षेत्र नम्बर ४ बाट हरि रेग्मीले प्रतिनिधि सभाको लागी उम्मेद्बारी दार्ता गरेका छ्न । त्यसैगरी कैलाली क्षेत्र नम्बर १ बाट प्रगतीशिल लोकतान्त्रिक पार्टीका डाः जनक राज शाहले उम्मेदारी दर्ता गराएका छन ।

त्यसैगरी निर्बाचन क्षेत्र नम्बर २ बाट प्रगतीशिल लोकतान्त्रकि पार्टीका डम्बर रावल र निर्बाचन क्षेत्र नम्बर३ बाट लक्षीराम चौधरीले उम्मेदारी दर्ता गराएका छन । कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमा ५१ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्ब मुख्य मन्त्री त्रिलोचन भट्टले डोटीबाट मनोनयन दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री भट्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् । भट्टको प्रस्तावकमा शिवसिंह ओली र समर्थकमा गोरख सार्की रहेका छन् ।

भट्ट २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट डोटी प्रदेशसभा (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । भट्ट सुदूरपश्चिम प्रदेशमा पाँच वर्ष मुख्यमन्त्री भएका थिए । त्यसैगरी अछाम क्षेत्र नम्बर २ बाट प्रगतीशिल लोकतान्त्रिक पार्टीका पुष्पराज न्यौपाने र बाजुराबाट दिपक कुमार डीसिले उम्मेदारी दर्ता गराएका छन । त्यसैगरी कञ्चनपुर निर्बाचन क्षेत्र नम्बर १ बाट प्रगतीशिल लोकतान्त्रिक पार्टीका देपेन्द्र शाहीले उम्मेदारी दर्ता गराएका छन ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो