माघ ०६ धनगढी । प्रगतीशिल लोकतान्त्रिक पार्टीबाट सुदूरपश्चिम प्रदेशमा मनोनयन दर्ता गरिएकोे छ । मंगलबारआसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्बाचनका लागी प्रगतीशिल लोकतान्त्रिक पार्टीबाट सुदूरपश्चिम प्रदेशमा मनोनयन दर्ता गरिएको हो ।

खुलेको आँखा निर्बाचन चिन्ह लिएर प्रगतीशिल लोकतान्त्रिक पार्टीले मनोनयन दर्ता गराएको उक्त पार्टीका सुदूरपश्चिम प्रदेश सह ईन्चार्ज हरि तिमीलसेनाले जानकारी गराए । कैलाली क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रिय सदस्य जनक राज शाहले उम्मेदारी दर्ता गराएको उनले जानकारी गराए ।

त्यसैगरी निर्बाचन क्षेत्र नम्बर २ मा डम्बर रावलले उम्मेदारी दर्ता गराएको जानकारी गराउदै क्षेत्र नम्बर ३ मा लक्षीराम चौधरीले उममेदारी दर्ता गराएको जानकारी गराए ।
त्यसैगरी कञ्चनपुर निर्बाचन क्षेत्र नम्बर १ बाट प्रगतीशिल लोकतान्त्रिक पार्टीका देपेन्द्र बहादुर शाहीले उम्मेदारी दर्ता गराएको पार्टीका सुदूरपश्च्मि प्रदेश अध्यक्ष परिषदका अध्यक्ष सत्यदेवि चापागाईले जानकारी गराईन । कन्चन्पुर निर्बाचन क्षेत्र नमम्बर २ मा धर्मानन्द जोशिले मनोनयन दर्ता गरायकस छन।

त्यसैगरी अछाम निर्बाचन क्षेत्र नम्बर २ बाट पुष्पराज न्यौपानेले उममेदारी दर्ता गराएको प्रगतीशिल लोकतान्त्रिक पार्टीका सुदूरपश्चिम प्रदेश ईन्चार्ज हेमराज भट्टराईले जानकारी गराए ।
त्यसैगरी बाजुराबाट पार्टीका दिपक कुमार डिसिले उम्मेदारी दर्ता गराएको प्रदेश अध्यक्ष परिषदका अध्यक्ष धर्मसिह प्रपालाले जानकारी गराए ।
त्यसैगरी कञ्चनपुर निर्बाचन क्षेत्र नम्बर १ मा निर्बाचन परिचालनका लागी कार्यालय समेत स्थापना गरिएको पार्टीका केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला प्रमुख अमर विष्टले जानकारी गराए ।



