माघ ०६ धनगढी । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका पाँच जनाले टिकट पाएका छन । सुदूरपश्चिम प्रदेशका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये देउवा पक्षका पाँच जनाले मात्रै टिकट पाएका हुन ।
सुदूरपश्चिम प्रदेशमा देउवाका विश्वास पात्र मानिने एनपी साउदसँगै नेताहरू नैनसिंह महर, पुष्पबहादुर शाह, नरनारायण शाह र गोरख बहादुर विष्टले मात्रै प्रत्यक्षतर्फको टिकट पाएका हुन् । कांग्रेसले देउवाका विश्वास पात्र पूर्वगृहमन्त्री रमेश लेखकलाई टिकटबाट वञ्चित गरेको छ । उनी कञ्चनपुर निर्बाचन क्षेत्र नम्बर–३ बाट आकांक्षी थिए । तर, अन्तिम समयमा सभापति गगन थापाले भर्खरै सम्पन्न विशेष महाधिवेशनको पक्षमा खुलेका कांग्रेस कञ्चनपुरका पूर्वसभापति हरिप्रसाद शर्मालाई टिकट दिएका छन् ।
पार्टीको संसदीय बोर्डले सुदूरपश्चि प्रदेश सभापति वीरबहादुर बलायरलाई कैलाली निर्बाचन क्षत्र नम्बर–४ मा टिकट दिए पनि बलायरले टिकट लिन इच्छा नदेखाए पछि बोर्डले देउवानिकट विष्टलाई उम्मेदवार बनाएको हो । उनी जनसम्पर्क समिति अमेरिकाका सभापति हुन् । त्यसैगरी कैलाली निर्बाचन क्षेत्र नम्बर–५ मा निवर्तमान परराष्ट्रमन्त्री डाः आरजु राणा देउवालाई सिफारिस गरिएकोभए पनि प्रदेश महामन्त्री नरनारायण शाहलाई टिकट दिइएको छ ।
त्यसैगरी निवर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवार नबन्ने बताए पछि डडेल्धुराबाट निवर्तमान केन्द्रीय सदस्य महरले टिकट पाएका छन् । सुदूरपश्चिम प्रदेशका १६ वटा मध्ये ११ वटा निर्वाचन क्षेत्रमा सभापति थापा निकटले टिकट पाएका छन् ।
बाजुरामा जनकराज गिरी, अछाम क्षेत्र नम्बर–१ मा भरतकुमार स्वार,अछाम क्षेत्र नम्बर–२ पुष्पबहादुर शाह, डोटीमा भरतबहादुर खड्का, बैतडीमा चतुरबहादुर चन्द, दार्चुलामा धर्मानन्द जोशी,बझाङमा प्रकाश रसाइली ‘स्नेहीले टिकट पाएका छन ।
त्यसैगरी डेल्धुरा– नैनसिंह महर, कैलाली निर्बाचन क्षेत्र नम्बर–१ जनकराज चौधरी, कैलाली निर्बाचन क्षेत्र नम्बर–२ विजयबहादुर स्वार, कैलाली निर्बाचन क्षेत्र नम्बर–३ भीम बडुवाल, कैलाली निर्बाचन क्षेत्र नम्बर–४ गोरखबहादुर विष्ट, कैलाली निर्बाचन क्षेत्र नम्बर–५ नरनारायण शाह, कञ्चनपुरनिर्बाचन क्षेत्र नम्बर–१ गोपीप्रसाद उपाध्याय, कञ्चनपुर निर्बाचन क्षेत्र नम्बर–२ एनपी साउद, कञ्चनपुर निर्बाचन क्षेत्र नम्बर–३ हरिप्रसाद बोहराले टिकट पाएका छन । उनीहरुले उम्मेदारी दर्ता गराएका छन ।


