"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेकपाले सुदूरपश्चिम प्रदेशका सबै १६ वटा क्षेत्रमा उम्मेदवार टुंगो लगायो

No data was found

Khabar Raftar

माघ ०४ धनगढी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टीले १६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाएको हो ।

अछाम क्षेत्र नम्बर–१ बाट भीम रावलको नाम सिफरिस गरिएको छ भने कैलाली क्षेत्र नम्बर–१ बाट साविक नागरिक उन्मुक्ति पार्टीका नेता र हाल टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुलाई उम्मेदवार बनाइएको छ । कैलाली क्षेत्र नम्बर–२ बाट राजेन्द्र साउँद, ३ बाट विरमान चौधरी र ४ बाट हरि चौधरी उत्सवको उम्मेदवारी तय गरिएको छ ।

साउँद र चौधरीहरू साविक माओवादी पृष्ठभूमिका नेता हुन् । पूर्वमन्त्री तथा साविक नेकपा एकीकृत समाजवादी नेता प्रेमबहादुर आलेमगरले कैलाली क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिने भएका छन । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने चर्चा चलेको भए पनि अन्ततः नेकपाबाटै चुनाव लड्ने निर्णय गरेका छन् ।

त्यसैगरी कञ्चनपुर क्षे नम्बर–१ मा विना मगर, २ मा लाल बहादुर खड्का र ३ मा मान बहादुर सुनारको नाम सिफरिस गरिएको छ । अछाम क्षेत्र नम्बर–२ बाट माओवादी पृष्ठभूमिका शरदसिंह भण्डारीले चुनाव लड्ने भएका छन ।

डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बझाङबाट मीनबहादुर कुवर, बैतडीबाट परमानन्द भट्ट र डोटीबाट त्रिलोचन भट्टले चुनाव लड्ने भएका छन । प्रस्तावित उम्मेदवारहरूमा साविक नेकपा माओवादी केन्द्रबाट १० जना, नेकपा एकीकृत समाजवादीबाट तीन जना, नागरिक उन्मुक्ति पार्टीबाट एक जना र मातृभूमि जागरण अभियानबाट एक जना रहेका छन् । बाँकी उम्मेदवार एमाले छाडेर नेकपा प्रवेश गरेका पूर्व नेताहरू हुन् ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो