"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दुवै पक्षले अडान नछोड्पछि नेपाली कांग्रेस फुट्को संघारमा

No data was found

Khabar Raftar

पौष ३० धनगढी । दुवै पक्षले अडान नछोड्पछि नेपाली कांग्रेस फुट्को संघारमा पुगेको छ । कांग्रेसको शेरबहादुर देउवा समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँचवर्षको लागि कारबाही गरेपछि कांग्रेस फुट्को संघारमा पुगेको हो । विशेष महाधिवेशनले सभापतिमा गगन थापालाई चयन गर्ने र नया कार्य समिति चयन गर्ने प्रक्रिया अघि बढाएको छ ।

देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले नेतृत्व परिवर्तन र रुपान्तरणको पटक पटक माग गरेका थिए । देउवा पद छोड्न तयार नभए पछि पार्टी फुटको संघारमा पुगेको हो । कांग्रेसभित्र रुपान्तरण चाहने र नचाहने बीचको संघर्ष विभाजनको तहमा पुगेको हो । कांग्रेस केन्द्रीय समितिले थापा लगायतका नेताहरूलाई अनुशासन उल्लंघन गरेको अभियोगमा कारबाही गरेको छ ।

पार्टीले निष्कासनको घोषणा गरेपछि गगन थापाले कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको बताए । ‘मैले इतिहास बनाएको पार्टी हो आन्दोलन हाँकेको पार्टी हो,’ थापाले भने । कांग्रेसको देउवा पक्षले पार्टी चुनावमा जानुपर्ने अवस्थामा अहिले विशेष महाधिवेशन गर्न नसक्ने अडान राख्दै आएको थियो ।

नियमित महाधिवेशनका लागि वैशाखको अन्तिम साता मिति पनि केन्द्रीय कार्यसमितिले तय गरेको थियो । तर कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूंले यसअघि नै विशेष महाधिवेशनको माग गरेका थिए । तर नियमित महाधिवेशनको मिति तय भएपछि विशेष महाधिवेशन हुन नसक्ने भन्दै संस्थापन पक्षले अडान लिएको थियो ।

विशेष महाधिवेशन पक्षधरहरूले भने विधानमा व्यवस्था भएकाले यसलाई नजर अन्दाज गर्न नहुने अडान राखेका थिए । विशेष महाधिवेशन पक्षधरहरूले पुस २८ गते भित्र महाधिवेशन बोलाउनका लागि दिएको निवेदनको समयसीमा सकिने भएकाले जसरी पनि महाधिवेशन गरेरै छाड्ने अडान    लिए । त्यो अडान अनुसार महाधिवेशनको प्रक्रिया अघि बढ्यो ।

महाधिवेशन चलिरहँदा पनि पार्टीलाई विभाजनबाट जोगाउनका लागि भन्दै पटक पटक वार्ताका प्रयास भए । दुवै पक्षले वार्ता टोली बनाएर आफ्ना सन्देश आदान प्रदान गरे पनि दुवै पक्षले अडान नछोड्दा पार्टी विभाजनमा पुगेको हो ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो