"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

उज्यालो नेपाल पार्टीका उपाध्यक्ष डा. तारा जोशी सहित २० जना केन्द्रीय सदस्य रास्वपामै रहने

No data was found

Khabar Raftar

पौष २६ धनगढी । उज्यालो नेपाल पार्टीका उपाध्यक्ष एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशी सहित २० जना केन्द्रीय सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै रहने भएका छन ।

रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको पार्टी एकता भंग भएपनि सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशी सहित २० जना केन्द्रीय सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै रहने भएका हुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भंग भएसँगै दुबै दलले आ–आफ्ना आकस्मिक बैठक बोलाएका छन् ।

एकता टुटेसँगै दलभित्र आन्तरिक छलफल तीव्र बनेको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ अध्यक्षमै रहने तयारीमा रहेको बताइए पनि पार्टीका केही केन्द्रीय सदस्यहरू भने एकताकै पक्षमा उभिने भएका हुन ।

उज्यालो नेपाल पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाइसकेको भए पनि स्रोतका अनुसार तीमध्ये २० जना केन्द्रीय सदस्यहरू एकताको निर्णयबाट पछि नहट्ने अडानमा रहेका छन् ।

उनीहरू हाल आन्तरिक छलफलमा जुटेको बताइएको छ । उज्यालो नेपालका एक जना केन्द्रीय सदस्यले २० जना केन्द्रिय सदस्य एकताको पक्षमा भएको बताउदै उज्यालो नेपालमा नफर्किँने र रास्वपामै रहने बताएका छन ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो