सम्झना विष्ट, पौष २० धनगढी । प्रगतीशिल लोकतान्त्रीक पार्टीकी केन्द्रिय अध्यक्ष परिषदकी अध्यक्ष दुर्गा सोबले सुदूरपश्चिम प्रदेशको विकासका लागी आन्दोलन आवश्यक भएको बताएकी छिन । आईतबार प्रगतीशिल लोकतान्त्रीक पर्टी सुदूरपश्चिम प्रदेशले आयोजना गरेको एकता भेला तथा प्रशिक्षण कार्यक्रमकी प्रमुख अतिथी सोवले सुदूरपश्चिम प्रदेशको विकासका लागी आन्दोलन आवश्यक भएको बताएकी हुन ।
सबै कुरामा राज्यले सुदूरपश्चिमलाई पछाडी पारेको बताउदै प्रमुख अतिथी सोबल यसका विरुद्ध संघर्ष गरिनु पर्ने बताईन । खास गरी जेन्जी आन्दोलन सुदूरपश्चिम प्रदेशमा आवश्यक भएको उनले बताईन । जेन्जी आन्दोलन जनताको माग भएको बताउदै उनले भदौ २३ र २४ गते भएको जैनजी आन्दोलनले २७ घण्टामा सत्तापरिबर्तन गरेको बताईन ।

संसारका कुनै देशमा नभएको परिबर्तन जेन्जी आन्दोलनले ल्याएको बताउदै उनले जेन्जीका मागहरु सम्बोधन नहुनु र जेन्जी आन्दोलनमा दमन गरिनुले मानविय सभ्यताको खिल्ली उडाएको बताईन । जेन्जीका मागहरु प्रगतीशिल लोकतान्त्रीक पार्टीका माग भएको बताउदै उनले पूरा गर्न देशलाई माया गर्ने, जनताको हित चाहने सबै एक ठाउमा आउनु पर्ने बताउदै उनले बस्तुगत यर्थातता लाई आत्मसात गरी आफुलाई रुपान्तरण गर्दैजानु पर्ने बताईन ।
परिबर्तन चाहने,राष्ट्रबादी, जनप्रेमीहरु प्रगतीशिल लोकतान्त्रीक हुनु पर्ने बताउदै प्रमुख अथिती सोबले ब्याबहारिक रुपमा खरो उत्रनु पर्ने बताईन । पार्टीको नीति र उदेश्य जनमैत्री र राष्ट्रबादी भएको बताउदै उनले जेन्जी आन्दोलनको मर्म र भावनालाई बुझेर सामुहिक त्यो पनि समाबेशी नेर्तृत्वको अबधारणा अघिसारेको बताईन ।

त्यसैगरी पार्टीका प्रदेश ईन्चार्ज हेमराज भट्टराई श्रवणले पुराना पार्टी र नेताहरु पतित र घृणीत भई सकेको बताउदै जनताहरु ढिलो चाँडो प्रगतीशिल लोकतान्त्रीक पार्टीको झण्डामुनी गोलबन्द हुने बताए । भ्रष्टाचार, बेरोजगरी र गरीवी बढ्दै गएको बताउदै ईन्चार्ज भट्टराईले जेन्जी आन्दोलन त्यसैको परिणाम भएको बताए ।
त्यसैगरी सुदूरपश्चिम प्रदेश सह ईन्चार्ज हरी तिमीलसेनाले देश र जनताका सवालमा काम गर्ने एक मात्र पार्टी प्रतीशिल लोकतान्त्रीक पार्टी भएको बताउदै जनताका सवालमा नेता कार्यकर्ताहरुले काम गर्नु पर्ने बताए । उनले संख्यात्मक रुपमा भन्दा पनि गुुणात्मक रुपमा परिपक्क भएर काम गर्न सके परिणाम आउनबाट कसैले रोक्न नसक्ने बताए ।
त्यसैगरी कार्यक्रमका सभापती तथा सुदूरश्चिम प्रदेश अध्यक्ष परिषदका अध्यक्ष दिपक साउँदले जनतामा पार्टी प्रतिको विश्वास बलियो पाईएको बताए । उनले अछाम्मा जनताको घरदैलो कार्यक्रम गर्दा जनताले सुन्ने बुझने पार्टीका रुपमा प्रगतीशिल लोकतान्त्रीक पार्टीलाई लिएको बताए । उनले निर्बाचित ३ जना वडा अध्यक्ष समेत प्रगतीशील लोकतान्त्रीक पार्टीमा प्रबेश गरेको बताए ।

पार्टीलाई जनताको आशा र भरोशाको केन्द्र विन्दु बनाउन पार्टीले विशेष कार्यक्रम लिएर अगाडी बढ्नु पर्ने साउँदले बताए । त्यसैगरी अध्यक्ष परिषद अध्यक्ष तथा कार्यक्रमका सञ्चालक धर्मसिह प्रपालाले प्रगतीशिल लोकतान्त्रकि पार्टी अन्य पार्टी भन्दा फरक र नयाँ भएको बताउदै सामुहिक समाबेशी नेतृत्व, प्रत्यक्ष कार्यकारी प्रमुख र पूर्ण समानुपातीक प्रणाली जस्ता विषय नितान्त फरक भएको बताए ।
उनले अन्य पार्टी जस्तो मञ्चमा नेतहरु बस्ने र अन्य जनता र कार्यकर्ता हलमा बसाउने पार्टी प्रगतीशिल लोक्तान्त्रीक पार्टी नभएको बताउदै सबैलाई समान दृष्टिकोणले हेर्ने पार्टी भएकाले नयाँ पार्टी भएको बताए । पार्टीको नीति र योजना जनतामाझ लिएर संगठन विस्तारमा एकजुट भएर लाग्नु पर्ने उनले बताए । त्यसैगरी अध्यक्ष परिषद अध्यक्ष सत्य चापागाईले उपश्थित सबैलाई स्वागत गर्दे पार्टी संगठन विस्तारमा एकजुट भएर लाग्नु पर्ने बताईन । कार्यक्रमका विच विचमा चौधरी समुदायका कला संस्कृती प्रस्तुत गरिएको थियो ।



