"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लोभ लालचमा परी जीवन बर्बाद नगरौ

No data was found

Khabar Raftar

भनिन्छ लोभले लाभ, लाभले विलाप । लोभ लाभकै कारण आज थुप्रैका जीवन तहस नहस भएका छन । त्यसैले लोभलाभका पछी लाग्न हुदैन । छिट्टै प्रगती गर्ने र मोटोरकम कमाउने लालचमा थुप्रै मान्छेहरुका जीवन बर्बाद भएका हामीले देखेका छौ । लोभ लाभकै कारण थुप्रै महिलाहरु बेचिन थालेका छन ।

दलालहरुले पनि यस्तै मान्छेहरुलाई टार्गेट गर्ने गरेका छन । दुखमा परेका आर्थिक अबश्था कमजोर भएका र समस्यामा परेका महिलाहरुलाई लालच देखाएर लोभ देखाएर फसाउने गरिएको छ । भारतस“गको खुल्ला सीमाना, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नतामा मानव बेचबिखन तथा ओसार पसार जस्ता कार्य हु“दै आएका छन । कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा मात्र नभई वैकल्पिक तथा अवैध मार्ग हु“दै मानव बेचबिखन तथा ओसार पसार जस्ता कार्य हु“दै आएका छन ।

वैदेशिक रोजगारीको प्रलोभन, नक्कली विवाह, पर्यटन तथा अनलाइन मार्फत हुने ‘साइबर ट्राफिकिङ’का घटना बढ्दै गएका छन । गरिबी, बेरोजगारी, सीपको कमी र सामाजिक सञ्जालको दुरुपयोगस“गै आफन्त र चिनजानकै व्यक्तिको संलग्नतामा महिला बेचबिखन हुने गरेका छन । बेचबिखन गरिएका महिलाहरु यौन शोषणमा पर्ने गरेका छ । बालश्रम, जबर्जस्ती आपराधिक गतिविधि तथा अङ्ग प्रत्यारोपण जस्ता कार्यमा महिलाहरु प्रयोग गर्ने गरिएको पाइएको छ ।

पछिल्लो एक वर्षको अवधिमा पश्चिमी सीमानाका गड्डाचौकी तथा आसपासका क्षेत्रबाट मानव बेचबिखनको जोखिममा परेका २ सय ९ जना महिला तथा बालबालिकाका सीमाबाटै उद्धार गरिएको छ । ९० जना बालबालिका र १ सय १९ जना महिलाको उद्धार गरिएको छ ।

भारतको बिहार,चण्डिगढ, मुम्बई, दिल्ली, हैदरावाद लगायतका शहरमा महिलाहरु बेचिदै आएका छन । खुला सीमा र बदलिदो प्रविधिस“गै मानव बेचबिखनको जोखिम बढिरहेकाले सीमा क्षेत्रको निगरानी, समुदाय सचेतना र बहुपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक छ । लोभ लालचमा परी जीवन बर्बाद हुने भएकाले समयमै सचेत हुन जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो