"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेकपा डोटीले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्यो

No data was found

Khabar Raftar

पौष १३ डोटी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डोटीले आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । शुक्रबार साबिक माओवादी केन्द्र डोटी जिल्ला इन्चार्ज त्रिलोचन भट्टको अध्यक्षतामा सम्पन्न पार्टी बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो । राष्ट्रियसभा निर्वाचनका लागि भरत बहादुर बोहरा (योगेन्द्र) लाई डोटीबाट सर्वसम्मत रूपमा एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

दस वर्षे सशस्त्र जनयुद्धका क्रममा कुशल कमान्डरको भूमिका निर्वाह गरेका बोहरा पार्टी भित्र इमान्दार, कर्तव्यनिष्ठ, स्वच्छ छवि भएका र कुशल संगठक युवा नेताका रूपमा परिचित छन् । ३२ वर्ष लामो सक्रिय राजनीतिक जीवन बिताएका बोहरा हालसम्म कुनै लाभको पदमा नरहे पनि पार्टीका कार्यकारी जिम्मेवारीहरू निरन्तर बहन गर्दै आएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण भई बनेको नेपाली कम्युनिस्ट पार्टीको समयमा बोहरा प्रदेश कमिटी सदस्य रहनुका साथै हाल पार्टीको प्रदेश सचिवालय सदस्य छन् ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा आदर्श गाउँपालिकाको अध्यक्ष पदमा झिनो मतले पराजित भएका बोहरा प्रदेशसभा क्षेत्र नम्बरं. १ बाट पटक–पटक सिफारिस हुँदै आएका थिए । यसपटक भने उनी राष्ट्रियसभा निर्वाचनका लागि डोटीबाट एकल सिफारिसमा परेका छन् । पार्टीले सर्वसम्मत रूपमा सिफारिस गरेपछि कार्यकर्ताहरूले बोहरालाई उचित मूल्याङ्कन गर्दै न्याय गरिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टसहित हर्क बहादुर सिंह, जङ्ग विक, अञ्जिता श्रेष्ठ, सिद्धाराज विक, वीर बहादुर थापा, धन बहादुर विष्ट र प्रकाश जोशीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । पार्टीका अनुसार यसमा खस आर्य तर्फ पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट र संविधानसभा सदस्य हर्क बहादुर सिंह, दलित तर्फ जङ्ग विक र सिद्धाराज विक, महिला÷जनजाति तर्फ अञ्जिता श्रेष्ठ, युवा तर्फ धन बहादुर विष्ट तथा नवयुवा तर्फ वीर बहादुर थापा र प्रकाश जोशीलाई समावेश गरिएको छ ।

नवयुवा तर्फका थापा अखिल (क्रान्तिकारी) सुदूरपश्चिमका अध्यक्ष हुन् भने जोशी वाइसीएल डोटीका इन्चार्ज हुन् । समानुपातिक तर्फ गोरख बहादुर सार्की, कृष्ण दर्लामी, पूर्णा जोशी, श्रीचन्द्र श्रेष्ठ, सिता रायमाझी, दिल बहादुर कठायत, डम्बर घर्ती, नन्दलाल विक, डबल ताम्राकार र लक्ष्मण नाथ योगीलाई सिफारिस गरिएको छ । नेकपा डोटीले समावेशिता, अनुभव र संगठन प्रतिको योगदानका आधारमा उम्मेदवार सिफारिस गरिएको जानकारी गराएको छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो