सबैखाले विभेदको अन्त्यका लागी हातेमालो गर्न आवश्यक छ । दलित महिला,किशोरी र सिमान्तकृत समुदायले मात्र नभई अन्य समुदायले पनि विभेद भोग्दै आएकोमा सबैले हातेमालो गरी अगाडी बढ्न जरुरी छ । सञ्चार क्षेत्र, नागरिक समाज र संघ संस्थाले सबै खाले विभेदको अन्त्यका लागी हातेमालो गर्न जरुरी छ ।
दलितले दलित विभेद र अन्य समुदायले आ आफ्नो विभेदको अन्त्यका लागी लड्दा समस्या ज्यूका त्यू भएकाले सबैले एक भएर हातेमालो गरी अगाडी बढ्न जरुरी छ । सबैखाले विभेदको अन्त्यका लागी महिला, दलित, र सम्पूर्ण विभेद भोग्दै आएका समुदायले एक जुट हुन जरुरी छ । बाहुनलाई गाली गरेर विभेदको अन्त्य हुदैन भन्ने विषयमा दलित समुदाय सचेत हुन जरुरी छ ।
बाहुन समुदायले पनि विभेद सहनु परेको बुझ्न जरुरी छ । विभेद अन्त्यका लागी ब्राहमण समुदायलाई पनि साथमा लिएर अगाडी बढ्न जरुरी छ । विकासका पूर्बाधारसंगै राजनैतिक रुपमा उल्लेखनीय प्रगती भएको भए पनि विभेदमा प्रगती हुन नसक्नुको मुख्य कारण खोज्न जरुरी छ । जातीय विभेदको अन्त्यको कुरा गर्ने हो भने पनि नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भईसकेर जातीय विभेद कसुर र सजाय ऐन २०६८ जारी भई सक्दा पनि किन जातीय विभेदको अन्त्य हुन सकेको छैन । त्यसैले यसलाई अध्ययनको विषय बनाउन जरुरी छ ।
परिबर्तनका सम्बाहक दलित समुदायका अधिकारका सवालमा अहिले सम्म प्रगती हुन नसकेको विषयमा समीक्षा गर्न जरुरी छ । जातीय विभेद होस या सामाजिक न्याय हरेक क्षेत्रमा दलित समुदाय अहिले पनि उत्तीकै पीडित भएकाले आन्दोलनको विकल्प र स्वरुप बदल्न जरुरी छ । १९ सय ६० मा भारतबाट ५ जना ब्राहमण बोलाएर नेपाली समाजलाई ६४ जातमा विभाजन गरेको कालो दिनको विकल्पमा सुनौलो दिनको खोजी गर्न जरुरी छ ।
दलितलाई मुलधारबाट अलग्याउन अमानविय नियम बनाएर दलितहरुलाई दुख दिने ईतिहासको निर्मम समीक्षा गरेर दलितहरुले लक्षय र उदेश्यकासाथ अगाडी बढ्न जरुरी छ । पृथ्वी नारायण शाहको नेपाल एकीकरणको पाला देखि अहिले सम्मका परिबर्तनकारी आन्दोलनहरुमा दलित समुदायले निर्बाह गर्दै आएको अहम भूमीकाको कदर गर्न र गराउन जरुरी छ ।
जातीय विभेद मात्र नभई अन्य विभेदको अन्त्य गर्न र सामाजीक न्यायमा सबैको पहुच पु¥याउन जरुरी छ । जातीय विभेद, दलित महिला,किशोरी,सिमान्तकृत समुह, र लैङगीक अल्प संख्यकहरुको सवालमा जिम्मेवार हुन जरुरी छ । सबैलाई समेटेर सबैका भावनाहरुलाई बुझेर ब्यावहारीक रुपमा सबैखाले विभेदको अन्य गर्न हातमालो गर्न जरुरी छ ।

