"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको घोडाघोडी तालमा राजस्व उठाउने विषयमा विवाद

No data was found

Khabar Raftar

पौष १२ धनगढी । कैलालीको घोडाघोडी तालको राजश्व उठाउने विषयमा विबाद भएको छ । विगतदेखि तालको संरक्षणमा काम गर्दै आएका सामुदायिक वन र सङ्घ संस्थासँग समन्वय नगरेका कारण नगरपालिकाले ठेक्का आह्वान गरेपछि तालको राजश्व उठाउने विषयमा विबाद भएको हो ।

घोडाघोडी तालको आम्दानीलाई एकद्वार प्रणालीमा ल्याउन नगरपालिकाले ठेक्का दिएको भए पनि ठेक्का पाएको कम्पनीले हालसम्म काम गर्न पाएको छैन । त्यसैकारण शुक्रबार घोडाघोडी ताल प्रवेशको मुख्य गेटमा निर्माण कम्पनीले ताला लगाएको थियो । उक्त ताला वन समूहले तोडेको छ । नगरपालिकाले १५ लाख रुपैयाँको ठेक्का आह्वान गरे पनि आफूहरूले बढीबढाउ ४१ लाख रुपैयाँको ठेक्का प्राप्त गरेको धनन्जय कठायतले बताएका छन् ।

उनले १५ लाख ४० हजार रुपैयाँ नगरपालिकामा जम्मा गरेको लामो समय हुँदा पनि काम गर्न नपाए पछि दबाब स्वरूप ताला लगाएको जानकारी गराए । राजस्व उठाउन ठेक्का दिएको कार्यप्रति घोडाघोडी संरक्षण तथा जनजागरण मञ्च लगायत वरपर जोडिएका सामुदायिक वनले विरोध जनाए पछि आफैँले गरेको निर्णय कार्यान्वयनमा ल्याउन नगरपालिकालाई समस्या भएको छ । समस्या सुल्झाउन वन, सरोकारवाला सङ्घसंस्था र पालिकाबिच पटक पटक छलफल भए पनि समस्याको समाधान हुन सकेको छैन ।

हाल मञ्चले शुल्क उठाउन छोडेपछि घोडाघोडी सामुदायिक वन समूहले प्रवेश शुल्क उठाउँदै आएको छ । वनका अध्यक्ष दीपक बहादुर शाहले बर्र्षौैदेखि सिमसार क्षेत्र संरक्षणमा जुटेको सामुदायिक वन उपभोक्ता समितिसँग कुनै छलफल र सहकार्य नगरेर स्थानीय सरकारले हस्तक्षेपकारी रूपमा ठेक्कामा लगाउनु गलत भएको बताए ।

ठेकेदारले लगाएको ताला वन समूहका सदस्यले तोडेको उनले बताए । स्थानीय उपभोक्ताले संरक्षण गर्दै आम्दानी लिन सुरु गरेको केही समयमै स्थानीय सरकारले हस्तक्षेप गरेपछि सामुदायिक वन उपभोक्ता समिति आक्रोशित बन्दै डिभिजन वन कार्यालय पहलमानपुरमा निवेदन समेत दिएको थियो ।

नगरप्रमुख खडकबहादुर रावतले गुरुयोजना निर्माण गर्दा सरोकारवाला सबैसँग समन्वय छलफल र सुझाव लिएको उल्लेख गर्दै नगरपालिकाले गुरुयोजना अनुसार नै घोडाघोडी ताल क्षेत्रको आम्दानीलाई एकद्वार प्रणालीमा ल्याउने कामका लागि ठेक्कामा दिने निर्णय गरेको बताएका छन ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना