चैत्र ३० धनगढी । कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधाभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । काठमाण्डौमा रहेको काभ्या स्कुलले सुप समावेशी आधारभूत विद्यालयमा रहेका अपांगता भएका बालबालिकाहरुका लागि शैक्षिक सामग्री सहयोग गरेको हो ।
विभिन्न सहयोगी संस्थासँगको सहकार्यमा आयोजना गरिएको विद्यालय सहयोग कार्यक्रम अन्तरगत सुप समावेशी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको काभ्या स्कुलका प्रिन्सिपल नवराज बास्कोटाले जानकारी गराए ।
उक्त कार्यका लागि निकेल्स फर नेपाल टेनेसी अमेरिका, बिष्णु बास्कोटा फाउन्डेशन काठमाण्डौ र काभ्या के किड्स काठमाण्डौले सहकार्य गरेको उनले बताए । सुप समावेशी आधारभूत विद्यालयमा रहेका अपांगता भएका बालबालिकाहरुलाई शिक्षा आर्जन गर्न सहजता होस भन्ने उदेश्यलेसामग्री सहयोग गरिएको बास्कोटाले बताए ।
उनले विगतमा पनि आफूहरु विद्यालयमा आएको बताउदै आगामी दिनमा पनि सुप समावेशी आधारभूत विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रयास गर्ने बताए । काभ्या स्कुलका तर्फबाट सुप समावेशी आधारभू्रत विद्यालयलाई २८ प्रकारका विभिन्न शैक्षिक तथा खेलकुद सामग्रीहरु सहयोग गरिएको छ ।
सुप समावेशी आधारभूत विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष डबल साउँदले काभ्या स्कुलको सहयोग प्रति कृतज्ञता प्रकट गरेका छन । उनले विभिन्न संघसंस्थाहरुको सहयोगका कारण हालसम्म सुप समावेशीलाई सञ्चालनमा ल्याउन सकिएको बताउदै आगामी दिनमा पनि सहयोग पाईने अपेक्षा राखेको बताए ।


