"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

No data was found

Khabar Raftar

चैत्र ३० धनगढी । सामाजिक न्यायका लागी मानविय विकास हुनु पिर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । सोमबार गौरीगंगा नगरपालिका वडा नम्बर–१, चौमालामा दलित महिला संघ फेडो कैलालीले आयोजना गरेको पालिकाको वार्षिक नीति, कार्यक्रम र बजेटमा दलित महिलाको परिप्रेक्ष्यबाट अन्तरक्रिया कार्यक्रमका सहभागी हरुले सामाजिक न्यायका लागी मानविय विकासमा जोड दिएका हुन ।

समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद“ भन्ने मुल नारका साथ आयोजीत कार्यक्रमका सहभागी डीवि सुनारले सबैको समस्या कालोपत्रेले समाधान नगर्ने बताए । मानविय विकासमा ध्यान दिनु पर्ने बताउदै सुनारले समस्याको समाधान कालोपत्रे नभई मानविय विकास भएको बताए । त्यसैगरी गौरीगंगा नगरपालीका वडा नम्बर ६ की दलित महिला सदस्य बाटु विकले दलित महिला सदस्य कोरम पुर्याउन मात्र भएको बताईन ।

उनले नगरपालिकामा के हुन्छ केही थाह नहुने बताउदै ग्रुपमा पनि कुनै जानकारी नहुने बताईन । ।भैसिपाले दूध निक्री नहुने र होटल सञ्चालन गरे नचल्ने भएका कारण दलित समुदाय पछाडी परेको बताईन । चौधरी समुदायले पनि दलितको घरमा नखाने बताउदै उनले उनिहरुको घरमा पकाउदा खाने गरेको बताईन । चेतनाको कमीका कारण खाना नचल्ने बताउदै उनले दारु चल्ने गरेकाले मानवीय विकास आवश्यक भएको बताईन ।

भौतिक विकासमा मात्र नभई मानविय विकासमा लगानी गर्नु पर्ने विकले बताईन । दलित समुदायले सम्मानित भएर बाच्न नपाएको बताउदै उनले कृशिबिना उधम नहुने भएकाले भूमिको स्वामित्व समेत बढाउनु पर्ने बताईन । त्यसैगरी वड नम्बर ८की दलित महिला सदस्य कल्पना बिकले बजेट विनीयोजन गर्दा मानविय विकासलाई प्राथमीकता दिनु पर्ने बताईन । नगर सभा एक्दिन मात्र नभई एक हप्ता बस्नु पर्ने उनले बताईन । निर्बाचन आयोगका प्रदेश प्रमुख प्रेम भट्टले योजना र बजेट हुदाहुदै पनि कार्यान्वयन हुन नसकेको अबस्था रहेको बताए ।

कार्यबिधी नभयका कारण पनि बजेट कार्यान्वयन हुन नसकेको अबस्था रहेको उनले बताए । आवश्यकतामुखि अर्थतन्त्र उत्पादन सङग नजोडिय सम्म सुधार नहुने उनले बताए । गरिबी सबैभन्दा बढी सुदूरपश्च्मि भएको बताउदै उनले दलित समुदायले उत्पदान गरेको बस्तुको बजार्को ब्याबस्था गरिनु पर्ने बताए । स्थानिय सरकार सञ्चालन ऐनले स्थानिय उत्पादन र कला सस्कारको संग्रक्षण र सम्बर्दन गर्न भनेको बताउदै उनले नेतृत्व बिकास गर्न पनि जरुरी भएको बताए ।

निर्बाचनमा समेत निश्चित समयमा रिजर्बेसन गरी दलित समुदायलाई नितीनिर्माण गर्ने तहमा ल्याउनु पर्ने उनले बताए । सोलोडोलो बजेट बनाउने अबश्थाको अन्त्य गरिनु पर्ने बताउदै उनले डाटाबेसको आधारमा योजना निर्माण गरी तथ्यमा आधारित बजेट बनाउनु पर्ने बताए । त्यसैगरी योजनाको प्रभावकारी अनुगमन समेत गरिनु पर्ने उनले बताए । दलित महिला दोहोरो बिभेदममा परेको बताउदै उनले जातिय विभेद अझै भई रहरेको बताए ।

जातीय विभेदको अन्त्यका लागी सामाजिक न्यायलाई प्राथमीकता दिनु पर्ने बताए । सेवामा पहुचको अभाब र निर्णय प्रकृयामा न्यून सहभागिता भएको बताउदै उनले सक्षम र सवल नेतृत्व जरुरी भएको बताए । लक्षित बर्गको लागी बजेट हुन जरुरी भएको बताउदै उनले तथ्यमा अधारित योजना,निर्माण गरी बजेट बिनियोजन गरिनु पर्ने बताए । त्यसैगरी स्थानिय तहमा दलित इकाइ गठन गरिनु पर्र्ने बताउदै उनले योजनाको सामाजिक परिक्षण, सार्बजनिक सुनुवाइसंगै तेस्रोपक्षद्वारा अनुगमन गरिनु पर्ने बताए ।

त्यसैगरी गौरी गंगा नगरपालीकाका नगर प्रमुख देबिदत्त कडेलले जनयद्धमा रोकिएको जातीय विभेद अहिले बढ्दै गएकोब ताए । नगरपालीकाका १० वटा वडामा जगगा नापजाचको काम सएिको बताउदै उनले चाडै भूमीहिन सुकुमबासीलाइ जमीनको पूर्जा उपलब्ध गराईने बताए । दलित शसक्तिकरण ऐन बनाएर कार्यान्वयनमा लैजाने बताउदै उनले असुरक्षित आबासलाई सुरक्षित बनाउने बताए ।

त्यसैगरी दलित महिला संघ फेडो सुदूरपश्चिम प्रदेशकी अध्यक्ष अम्बिका ताम्राकारले मानविय बिकासमा लगानी गर्न जरुरी भएको बताउदै सामाजिक न्यायका लागी मानविय विकास अपरिहार्य भएको बताईन । कार्यक्रमको सञ्चालन दलित महिला संघ फेडोका जिल्ला कार्यक्रम संयोजक विनोद घिमीरेले गरेका थिए ।

भर्खरै

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा