चैत्र ३० धनगढी । धनगढी जेसिजले आयोजना गर्दै आएको ‘धनगढी दौडिन्छ’ कार्यक्रम यस बर्ष बैशाख १८ गते हुने भएको छ । हरेक वर्ष बैशाख १ गते आयोजना गरिँदै आएको हाफ म्याराथन यस वर्ष बैशाख १८ गते हुने भएको हो ।
आइतबार धनगढीमा बसेको जेसिजको बोर्ड बैठकले कार्यक्रमको मिति परिवर्तन गरी १८ गते गर्ने निर्णय गरेको हो । धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाको अध्यक्षतामा सम्पन्न बैठकले ‘धनगढी दौडिन्छ’ भन्ने मूल नारासहित आयोजना गरिने हाफ म्याराथनको मुल संयोजकका रूपमा दिपेश बोहरालाई चयन गरिएको छ ।
आयोजकका अनुसार तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन मिति परिवर्तन गरिएको हो । कार्यक्रम मार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।
Post Views: 54


