"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

No data was found

Khabar Raftar

चैत्र ३० धनगढी । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको    छ । विक्रम संवत् २०८३ असोज १७ गतेसम्म पुल निर्माणको काम सक्ने गरी नेपाल सरकार र निर्माण कम्पनीसँग सम्झौता भएकोमा सम्झौता मिति अगाडी पुल निर्माण कार्य सक्ने गरी पुलको काम अन्तिम चरणमा पुगेको हो । निर्माण कम्पनीका इञ्जिनियर धिरेन्द्र सहनीले विसं २०७९ पुस महिनामा सम्झौता भएर सर्वेक्षण पछि २०८० मा निर्माण काम सुरु गरेको जानकारी गराउदै असोजसम्म म्याद भए पनि असार अन्त्यसम्म काम सकेर सरकारलाई बुझाउने गरी काम भइरहेको बताए ।

सम्झौता मितिभन्दा अगाडी काम सक्ने उनले बताए । चौध पिलरको पुलका सबै पिलर बनिसकेको बताउदै उनले अहिले १२ औँ स्पानमा काम भइरहेको बताए । अबको १५ दिनभित्र त्यो पनि सकेर १३ औँ स्पानको काम सुरु हुनेगरी काम भइरहेको उनले जानकारी गराए । स्पानसँगै कैलालीतर्फको भागमा तटबन्धको काम पनि सँगसँगै भइरहेको उनले बताए । पुलको काम अन्तिम चरणमा पुग्नै लाग्दा अहिले नदी वारपार गर्ने मानिसहरु आधा पुल र आधा नदीको बाटो प्रयोग गरेर नदी वारपार गरिरहेको उनले बताए ।

नदीको पानी ‘डाइभर्सन’ गरिएकाले पहिलेको जसरी डुङ्गाको सहायतामा नदी पार गर्नुपर्ने अवस्था अहिले नभएको उनले बताए । आफ्नै सवारीसाधन प्रयोग गरेर नदी वारपार गरिरहेका कैलालीको टीकापुरका भरत विकले रकम तिरेर डुङ्गाको सहायतामा नदी तर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । पुल निर्माण कार्य सकिएमा कैलाली र बर्दियाका नागरिकलाई धेरै राहत हुने उनले बताए । अर्का नागरिक जनकबहादुर विष्टले पनि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको बताउदै आफ्नै सवारीसाधन चलाएर नदी पार गर्न पाउँदा निकै खुसी लागेको बताए ।

कैलालीका अधिकांश नागरिकको खेतीपाती बर्दियामा भएको बताउदै उनले नियमित आवत जावत गर्नुपर्ने वाध्यता रहेको बताए । विगतमा पुल नहुँदा निकै कठिनाइ झेलेको बताउदै उनले अब ढुक्कले वारिपारि गर्न पाइने भएको बताए । कैलालीका नागरिकको खेतीपाती बर्दियामा छ भने बर्दियाका नागरिक किनमेल र उपचारका लागि टीकापुर आउने गरेका छन । पुलले दुवै जिल्ला मात्र नभई सुदूर र लुम्बीनी प्रदेशलाई जोड्ने भएकाले सहज भएको स्थानीय झपट कडायतले बताए ।

“डुङ्गाको यात्रा गर्न डर लाग्ने भएकाले सत्ती पुल हुँदै आवत जावत गर्ने गरेको बताउदै उनले अब बर्दिया आवत जावत गर्दा २० किलोमिटर दूरी कम हुने बताए । बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर–१ सर्खोलका करण चौधरीले अहिले कैलाली र बर्दिया आवत जावत गर्न सहज भएको बताए । पहिले एकतर्फी डेढ दुई घण्टा समय लाग्ने गरेको बताउदै उनले अहिले एक घण्टामै दुईतर्फको यात्रा सकिने गरेको बताए । पुल पूर्ण नहुँदै सहज रुपमा नदी वारपार गर्न पाएकोमा धेरै सुविधा भएको उनले बताए ।

एक अर्ब १८ करोड लागतमा निर्माण भइरहेको पुलको लम्बाइ ७ सय ५२ मिटर रहेको छ भने पुलको चौडाइ ११ मिटर जसमा ७ दशमलव ५ मिटर गाडी हिँड्ने र बाँकी दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथ रहेको छ । निर्माण कम्पनीले सरकारसँग २०८३ असोज १७ गते भित्र पुल निर्माणको काम सक्ने गरी २०७९ पुस १७ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार पुल निर्माणसँगै पुलको दुवैतर्फ ५सय मिटर पहुँच मार्ग र दुवैतर्फ एक हजार १५ मिटर नदी नियन्त्रणको काम पनि भई रहेको छ ।

यसअघि यी दुई जिल्लाका मानिसले चिसापानीस्थित कर्णालीको पुल र हुलाकी राजमार्गको सत्ती घाटको पुल विकल्पका रुपमा प्रयोग गर्दै आएका थिए । यो पुल निर्माण भएसँगै अब कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा तीन वटा पुल हुनेछन् । २०५० सालमा सुदूरपश्चिमको प्रवेशद्वारका रुपमा कर्णाली चिसापानीमा निर्माण भएको पुल र २०७३ सालमा टीकापुर र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली नदी सत्तीघाट पुल सञ्चालनमा रहेका छन् ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित