"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

No data was found

Khabar Raftar

चैत्र ३० धनगढी । धनगढी उपमहानगरपचालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने निजी विद्यालयलाई सम्मान गरेको छ । धनगढी उपमहानगर पालिकाले आधारभूत तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका २९ वटा निजी विद्यालयलाई सम्मान गरेको हो । सोमवार आयोजित कार्यक्रममा ९० देखि सतप्रतिशत नतिजा हासिल गर्न सफल विद्यालयका सञ्चालक तथा प्रधानाध्यपकलाई सम्मान गरिएको हो ।

नगर प्रमुख गोपाल हमालको उपस्थितिमा उपप्रमुख कन्दकला कुमारी राना, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट र उपसचिव नरेन्द्रबहादुर खातीले दोसल्ला र प्रमाण पत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

शैक्षिक सत्र २०८२ को कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा हासिल गर्ने १५ वटा निजी विद्यालयले ९१ प्रतिशत भन्दा बढी विद्यार्थी पास गराएको भन्दै सम्मान ग रएको हो । एलजी एकेडेमी, बाल्मिकि इन्टरनेश्नल स्कुल, स्वर्णिम शिक्षा सदन, सिद्धार्थ विद्या मन्दिर, मयूर स्कुल, गुरुकुल एकेडेमी, जेसिज एभरेस्ट स्कुल, ग्लोबल मोडर्न पब्लिक स्कुल, पञ्चकोटी विद्या निकेतन, नन्दिनाज एकेडेकी, अपि विद्या निकेतन, गोल्डेन ज्योति स्कुल, केदारनाथ विद्या निकेतन, सिद्धार्थ इन्टरनेश्नल र दरबार स्कुललाई सम्मान गरिएको हो ।

त्यसैगरी ९९ दशमलव ०५ प्रतिशत नतिजा हासिल गरेको ग्यालेक्सी स्कुल, ९७ दशमलव ४४ प्रतिशत विद्यार्थी सफल भएको डिलाइट स्कुल, ९७ दशमलव ४४ प्रतिशत विद्यार्थी सफल भएको मिलन स्कुल र ९६ दशमलव ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको वेस्टर्न क्रिस्टल एकेडेमीलाई पनि उपमहानगरपालिकाले सम्मान गरेको छ ।

त्यसैगरी, स्टेपिङ स्टोन स्कुलले ९५ दशमलव ८३ प्रतिशत, क्रिसेन्ट सिटी स्कुलले ९५ दशमलव ७४ प्रतिशत, ऐश्वर्य विद्या निकेतनले ९५ दशमलव ५६ प्रतिशत, डिस्कवरी स्कुलले ९४ दशमलव ७४ प्रतिशत, दुन एकेडेमीले ९४ दशमलव ४४ प्रतिशत, एलायन्स स्कुलले ९३ दशमलव ७५ प्रतिशत, सिटी स्कुलले ९३ दशमलव ५५ प्रतिशत कैलाली मोडेल स्कुलले ९२ दशमलव १६ प्रतिशत, नेपाल प्रहरी स्कुलले ९२ प्रतिशत तथा थ्री स्टार्स स्कुलले ९१ दशमलव ९२ प्रतिशत विद्यार्थी परीक्षामा सफल भएकाले उपमहानगरपालीकाले सम्मान गरेको हो ।

उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयलाई नगर प्रमुख गोपाल हमालले शुभकामना दिँदै थप प्रगतिका लागि हौसला बढाउन सम्मान गरिएको बताए । उनले निजि विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न संस्थागत विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताए ।

भर्खरै

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा