"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महिला हिंसाको अन्त्य गर्न एकजुट होऔ

No data was found

Khabar Raftar

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म आयोजना गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यस बर्ष पनि सम्पन्न भएको हो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अभियानमै सिमित हुने गरेको छ ।

हरेक बर्ष अभियान मनाउने गरिएको भए पनि हिंसाको अन्त्य भने हुन सकेको छैन । घर–परिवार भित्र वा बाहिर महिलाह अहिले पनि असुरक्षित छन । हत्या, हिंसा र बलात्कार जस्ता घटनाहरुमा कमी आउन सकेको छैन । संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्था र संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले यो अभियानलाई निरन्तरता दिँदै आएका भए पनि महिला हिंसाको अन्त्य हुन नसक्नु दुखद विषय हो ।

सन् १९९१ मा ‘वुमन्स ग्लोबल लिडरसिप इन्स्टिच्युट’ले सुरुआत गरेको यो अभियानले महिलामाथि हुने हिंसाविरुद्ध चेतना र प्रतिबद्धता बढाए पनि हिंसाको अन्त्य नहुनुले महिलाहरुले समस्या झेल्नु परेको अबश्था छ । नारीवादी आन्दोलनहरूले विश्वभर यसलाई अन्त्य गर्न निरन्तर प्रयास गरिरहे पनि घटना रोकिएका छैनन् । हिंसाका घटना निरन्तर भइरहेका छन् ।

पीडित तथा बाँचेकाहरूलाई संरक्षण र अपराधीलाई दण्डित गर्ने कानुन धेरै देशमा बनेका छन् तर हिंसा अन्त्य भएको छैन । बालविवाह र दाइजो सम्बन्धी हिंसाजस्ता हानिकारक चालचलनहरू आज पनि कायम छन । कानुनी रूपमा रोक लगाइए पनि यस्ता प्रथाहरूले महिलाहरुले समस्या भोग्दै आएका छन । बोक्सीको आरोप, बहुविवाह तथा समुदायस्तरमा हुने हिंसा अझै भईरहेका छन । महिला हिंसा न्यूनीकरणका लागि पुरुषहरु बढी जिम्मेवार हुन जरुरी छ ।

कानुन र नीति कागजमा सिमित नराखी कार्यान्वयन गरी मानसिकता बदल्न जरुरी छ । प्रत्येक महिलाहरुले हिंसा विरुद्ध आवाज उठाउन जरुरी छ । पुरुषहरुले पनि हिंसा गर्नु हुदैन भन्ने चेतनाको विकास गर्न आवश्यक छ । महिला हिंसाको अन्त्य गर्न महिला पुरुष एकजुट हुन जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो