"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चिसापानी–राजकाँडा केबलकार वैशाख देखि सञ्चालन गर्ने गरी काम गरिदै

No data was found

Khabar Raftar

मंसिर २३ धनगढी । चिसापानी–राजकाँडा केबलकार बैशाख देखि सञ्चालन गरिने भएको छ । कैलालीको चिसापानीमा गत पौष महिनामा शिलान्यास गरिएको चिसापानी–राजकाँडा केबलकार बैशाख देखि सञ्चालन गरिने भएको हो । व्यवसायी चन्द्रप्रसाद ढकाल र कैलालीका व्यवसायी सूर्यबहादुर थापाको करिब सात अर्ब सयुक्त लगानीमा निर्माण कार्य भई रहेको केबलकार बैशाख देखि सञ्चालन गर्ने गरी आयोजना निर्माणको काम भईरहेको बताइएको छ ।

जाल्पादेवी केवलकार कम्पनीका सञ्चालक थापाले आगामी वैशाखसम्म पहिलो चरणको निर्माणका काम सम्पन्न गरेर केबुलकार सञ्चालनमा ल्याइने जानकारी गराएका हुन । हालसम्म कार्यालय भवनका संरचनाको निर्माण सम्पन्न भएको जानकारी गराउदै सञ्चालक थापाले केबलकारका लागि आवश्यक पर्ने १४ वटा टावर मध्ये सात वटा निर्माण भइसकेको जानकारी गराए ।

केबलकारको तल र माथि दुवै स्टेशन निर्माणको काम पनि आधा भन्दा बढी भइसकेको जानकारी गराउदै थापाले पहिलो चरणमा केबलकार, पार्किङ र कार्यालय भवन निर्माण सकेर केबलकार सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी गराए । दुई वर्षमा सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरेर पूर्णरुपमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ कम्पनीले काम सुरु गरेको बताउदै सञ्चालक थापाले पहिलो चरणमा ०८३ वैशाखमा केबलकार सञ्चालन गर्ने योजना रहेको बताए ।

आउँदो वैशाखसम्म केबलकार सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउदै सञ्चालक थापाले दोस्रो चरणमा पाँच तारे होटल, क्यासिनो, फनपार्क लगायतका पूर्वाधार निर्माण गरिने बताए । कर्णाली पुलको आकर्षणले कैलालीको चिसापानीमा भइरहेको चहलपहल केबलकार निर्माण पछि झन् बढ्ने स्थानीयले अपेक्षा गरेका छन ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको संगमस्थल चिसापानीमा निर्माण भइरहेको केबलकार नेपालकै सबैभन्दा लामो भएको सञ्चालक थापाले जानकारी गराएका छन । केबलकारको लम्बाई ३.१ किलोमिटर हुने उनले जानकारी गराए । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर–३ चिसापानी देखि मोहन्याल गाउँपालिका वडा नम्बर–७ राजकाँडा सम्म निर्माण हुने परियोजना सुदूरपश्चिम प्रदेशमा नीजि लगानीको सबैभन्दा ठूलो परियोजना भएको उनले जानकारी गराए ।

कैलालीको चुरे क्षेत्रको सबैभन्दा अग्लो पहाड राजकाँडामा केबलकारसँगै पाँच तारे होटल, चिसापानीमा तीन तारे होटल लगायतका पूर्वाधार निर्माण हुने सञ्चालक थापाले जानकारी गराए । चिसापानीमा तीन तारे होटल, एक हजार जना क्षमताको बैंक्विट हल, क्यासिनो, चमेना गृह, स्वीमिङ पुल लगायत पूर्वाधार निर्माणको तयारी भइरहेको सञ्चालक थापाले बताए ।

त्यसैगरी राजकाँडामा पाँच तारे होटल, पाँच सय जना क्षमताको सेमिनार हल, आकर्षक जाल्पादेवी मन्दिर, डाँडा वरिपरी एक किलोमिटर लामो पर्खाल, एक हजार बालबालिका खेल्न मिल्ने बेबी पार्क, शिशाको पुल लगायतका संरचना निर्माण गर्ने योजना रहेको उनले जानकारी गराए । राजकाँडामा प्राकृतिक चिकित्सा केन्द्रसमेत स्थापना गर्ने योजना बनाएको जानकारी गराउदै सञ्चालक थापाले ती संरचनाको पनि निर्माण कार्य सुरु भइसकेको बताए ।

राजकाँडामा निर्माण हुने एक किलोमिटर लम्बाइको पर्खालमा चढेर कर्णाली पुलसहित तराइका फाँट, पहाड तथा हिमश्रृंखलाको दृष्यावलोकन गर्न पाइने डिजाइन रहेको सञ्चालक थापाले बताए । परियोजनाले सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उनले बताए ।

भारतीय सीमा गौरीफन्टाबाट दुई घण्टाको दुरीमा रहेको चिसापानीको केबलकार र पाँच तारे होटल भारतीय पर्यटकको रोजाईमा पर्ने विश्वास गरिएको उनले बताए । समुन्द्री सतह देखि करिब १ हजार २ सय मिटर उचाइँमा रहेको राजकाँडाबाट चिसापानी क्षेत्रको दृष्यावलोकन देखि तराइका सुन्दर फाँटसँगै अपि, साइपाल, काञ्जीरोवा हिमाल,ओमपर्वत लगायतका हिमश्रृंखलाको दृष्यावलोकन गर्न सकिने उनले बताए ।

बाघ अवलोकनका लागि प्रसिद्ध बर्दिया राष्ट्रिय निकुञ्ज चिसापानीसँगै जोडिएकाले पनि यहाँ पुग्ने पर्यटकका लागि बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनमा सहज हुने संचालक थापाले बताए । केबलकारबाट हुने आम्दानीको २ प्रतिशत स्थानीय सरकारलाई रोयल्टी दिइने जानकारी गराउदै उनले सयौंको संख्यामा रोजगारी सिर्जना हुने बताए ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना