महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेकबर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रुपमा मनाईने महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिवस सम्म चल्ने यस अभियानमा महिलामाथि भएका विभिन्न खाले विभेद र हिंसाका सवालहरु बहिर ल्याउने र नीतिगत तथा व्यावहारिक अभ्यासबाट लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि दबाब दिने गरिदै आएको छ ।
१६ दिन सम्म चलाईने यो अभियानमा हिंसामा परेका महिलाहरुको पीडालाई सम्बोधन गरी हिंसा रहित समाज निर्माण गर्नु पर्ने भए पनि अहिले सम्म त्यसो हुन सकेको छैन । सरकारले जती सुकै समानताका कुरा गरे पनि अहिले पनि देश चलाउनेहरुबाटै महिला हिंसाका घटनाहरु हुदै आएका छन ।
पुरुष प्रधान हाम्रो समाजमा अझै महिलाहरु पीडित हुदै आएका छन । यो अभियानले पनि खासै परिबर्तन ल्याउन सकेको छैन । यो मुद्दालाई शसक्त रुपमा अधिकारकर्मीहरुले पनि उठाउन सकेका छैनन । बजेट भए काम गर्ने नत्र चुपलागेर बस्ने काम संस्थाहरुबाटै हुदै आएका छन ।
औचित्य पूरा गर्ने उदेश्यले मात्र अभियान मनाईने भएकाले अहिले सम्म यसको औचीत्य पूरा हुन सकेको छैन । सही रुपमा अभियानलाई नचलाईएका कारण महिलाले अहिले पनि हिंसाका शिकार हुदै आउनु परेको छ । एक दिन गरिने प्रतिबद्धता र क्षणिक समयमा चलाईने अभियानले उदेश्य पूरा नहुने हुँदा हिंसा अन्त्य गर्न हरेक समय लागी रहन आवश्यक छ । महिला हिंसा विरुद्धको अभियानलाई सार्थक बनाउन जरुरी छ ।

