"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्माण व्यवसायीका कारण भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलाइ

No data was found

Khabar Raftar

मंसिर १३ कञ्चनपुर।  निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । चार वर्ष पहिले शिलान्यास गरिएको उक्त भवन विसं २०८० सालमा निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौँता गरिएको भए पनि भवन निर्माणमा ढिलाइ भएको हो । निर्माण कम्पनीको ढिला सुस्तीका कारण उक्त प्रशासकीय भवनको निर्माण कार्य समयमै सम्पन्न हुन सकेको छैन ।

भीमदत्त नगरपालिकाका निवर्तमान नगरप्रमुख सुरेन्द्र विष्टले विसं २०७८ जेठ १५ गते उक्त भवनको शिलान्यास गरेका थिए । शिलान्यास गरिएको दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी अनक जोशी जेभीसँग १६ करोड ४९ लाख ७६ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको चार वर्ष बितिसक्दा समेत उक्त प्रमुख प्रशासकीय भवन पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएको छैन । हाल उक्त भवनको ८० प्रतिशत भौतिक प्रगति भएको छ, भने ७७ प्रतिशत वित्तीय प्रगति भएको नगरपालिकाका इन्जिनियर जयराज भट्टले बताए ।

विसं २०८२ मङ्सिर मसान्त सम्म निर्माण सम्पन्न गरिसक्ने भन्दै भवनको तेस्रो पटक म्याद थप गरिएको भए पनि गत असोज महिना देखि निर्माण कम्पनीले विभिन्न कारणले नियमित रुपमा काम अगाडि बढाउन नसकेको इन्जिनियर भट्टले बताए । मङ्सिर मसान्त सम्म निर्माण सम्पन्न गरिसक्ने गरी यस अघि तेस्रो पटक भवनको म्याद थप गरिएको जानकारी गराउदै उनले गत असोज महिना यता चाडपर्व लगायतका कारणले निर्माण कम्पनीले काम सुचारु नगरेको बताए । समयमै निर्माण कार्य अगाडि बढाउन आग्रह गरिएको इन्जिनियर भट्टले बताएका छन् ।

निर्माण कम्पनी अनक जोशी जेभीका सञ्चालक गणेश जोशीले भवनको पलस्तर, उपकरण, लिफ्ट जडान लगायतका कामहरू बाँकी रहेको बताए । “तेस्रो पटक थपिएको म्याद अनुसार, निर्माण सम्पन्न गर्न सकिने अवस्था नभएकोब ताउदै उनले अब अन्तिम पटक म्याद थप गरेर पूर्णरुपमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखेको बताए ।

हाल प्रशासकीय भवनको भौतिक संरचना निर्माण कार्य भने, सम्पन्न गरिएको उनले बताए । संघ सरकारले समयमै बजेट नपठाउँदा निर्माण कार्य प्रभावित बनेको नगरपालिकाका इन्जिनियर जयराज भट्टले बताए । बजेट अभावका कारण समय÷समयमा निर्माण कम्पनीले काम अगाडि बढाउन नमान्दा तोकिएकै समयमा निर्माण कार्य हुन नसकेको उनले बताए ।

अत्याधुनिक सेवा÷सुविधा रहने गरी निर्माण भइरहेको उक्त चार तले भवनमा लिफ्टको समेत व्यवस्था गरिने बताउदै उनले १० ओटा सभा गृह, नगर प्रमुख कक्ष, उपप्रमुख कक्ष, शाखा कार्यालय कक्षहरू, प्रशासनीक कक्ष लगायतको संग्रचनामा निर्माण भइरहेको तीन ब्लकसहितको उक्त भवन चार तला निर्माण गरिएको बताए ।

हाल तीन वटै ब्लक निर्माण कार्य सम्पन्न भएको भीमदत्त नगरपालिकाका शव इन्जिनियर प्रेम सिंह धामीले बताए । हाल भीमदत्त नगरपालिकाले पुरानो भवनबाट छुट्टाछुट्टै भवन शाखाहरू सञ्चालन गरेर सेवा प्रदान गर्दै आइरहेको छ । झन्डै दुई सय कर्मचारी रहेको नगरपालिकामा ठाउँको अभाव रहेकाले भवन निर्माण सम्पन्न भएपछि सेवा ग्राहीहरुलाई एउटै भवनबाट सबै किसिमका सेवाहरू प्रदान गर्न सहज हुने अपेक्षा गरिएको छ ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना