पहिचान सबैका लागी अतिआवश्यक विषय हो । पहिचान नभएको ब्याक्ति, समुदायको त्यती महत्व नहुने भएकाले अहिले मान्छेहरुले पहिचानको खोजी गरी रहेका छन । चांड पर्ब , संस्कृती र परम्पराहरु हाम्रा पहिचान हुन । जसको कुनै पहिचान हुदैन त्यसको अश्तित्व पनि कमै हुने भएकाले संस्कृतीको धनी देश हाम्रो नेपाल आफ्नै भाषा र संस्कृतीको गरीमामय ईतिहास बोकेको देश हो ।
त्यसैकारण संसारले नेपालको अश्तित्व स्विकार गरेको छ । तर आज हाम्रा शानमान संस्कृतीहरुमा पश्चिमा छाडा संस्कृती भित्रीदै गएको छ । जसको पहिचान गुम्दै जान्छ त्यसको आफ्नो भन्ने पनि केही हुदैन भन्ने कुरा सबैले बुझन जरुरी छ । पछिल्लो पीढिले आफ्नो अश्तित्व गुमाउदै आएकाले यो कुरालाइ मनन गर्न जरुरी छ । तिजमा होस या दशै तिहार हरेकमा विकृती भित्रीएको छ । यस्ता कुराहरुमा हामी सबैले सचेत हुन जरुरी छ ।
होलीमा गोबर छ्याप्ने लोला हान्ने जस्ता कार्य भित्रिएका छन भने माईती घरमा आमाबुबा ,दिदिबहिनी दाजुभाइसंग बसेर दुखसुख साटेर आफनै घर आँगनमा खोलेफाडो खाएर नाचेर मनाईने तिजमा एक महिना पहिले देखि पार्टी प्यालेसहरुमा दर खाने, सम्पती शो गर्ने होडबाजी चलेको छ ।
त्यसैरी तिहारको देउसी भैलोमा विदेशी गीत संगीतहरु भित्रीएका छन । समग्रमा हाम्रा संस्कृतीमा विक्रिती भित्रिएको छ । जसका कारण हाम्रा परम्परारु मासिदै गएका छन । यस्तो विक्रितीले हुने खाने र हुदा खानेहरु विचको दुरी बढ्दै गएको छ भने हाम्रो पहिचान पनि गुम्दै गएको छ ।
अधिकारको नाममा समाजमा बिकृती ल्याउने र संस्कार मासिने गरि चाड पर्ब मनाउन कसैलाई छुट नभएकाले नया पुस्तालाई आफनो संस्कार र संस्कृतिको संरक्षण गर्न सिकाउन जरुरी छ । पश्चिमा संस्कृतीको विरद्ध आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्न जरुरी छ । हाम्रा चा“ड पर्बहरुलाई परम्परा र संस्कार अनुसार मनाउन जरुरी छ ।
कला संस्कृती र चाडपर्बहरुलाई परम्परागत रुपमा मनाएर पहिचानको संरक्षण गर्न जरुरी छ । पहिचान ईतिहास भएकाले पहिचानको संरक्षण गर्न जररी छ ।

