नेकपा एमालेको दादागीरी बढ्दै गएको छ । त्यसको ज्वलन्त उदाहरण धनगढीमा शान्तीपूर्ण आन्दोलन गरीरहेका जेन्जी युवाहरुलाई आक्रमण गरिनु हो । योदेशमा गुण्डाहरुको नाईके एमाले रहेछ भन्ने कुराको पुष्टि विहीबार धनगढीमा जेन्जी युवाहरुमाथी नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताहरुले प्रहरीकै अगाडी जेन्जी युवाहरूलाई कुटपिट गर्नुले गरेका छ ।
धनगढीको कभर्डहल अगाडी शान्तिपूर्ण प्रदर्शन गरिरहेका दुई दर्जन जेन्जीहरूलाई युवा संघका सयौं कार्यकर्ताहरुले कुटपीट गर्नु निन्दनीय कार्य हो । यस्तो गुण्डागर्दीको जती निन्दा गरे पनि कमै हुन्छ । एमाले नेता महेश बस्नेतको बिरोधमा सडकमा प्लेकार्ड समातेर शान्तिपूर्ण प्रदर्शनमा उभिएका जेन्जीहरूलाई मोटरसाइकलमा आएका युवा संघका युवाहरूले प्रहरीकै अगाडी कुटपिट गर्नु कानुनी राज्यको उपहास गर्नु हो । गुण्डागदीैको चरम पराकाष्टा हो ।
लोकतन्त्रमा शान्तीपूर्ण तरिकाले आन्दोलन गर्न पाउने अधिकार सुरक्षीत भएकाले गुण्डागर्दी शैलीमा आक्रमण गर्नु त्यो पनि प्रहरीकै अगाडी घोर आपत्तीको विषय हो । कानुनको बर्खिलाप गर्नु हो । आक्रमणमा थुप्रै जेन्जी युवा युवतीहरु घाईते भएका छन । यस्ता अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ ।
प्रहरीकै अगाडी जेन्जी युवाहरुलाई आक्रमण गरिएकाले प्रहरी प्रशासनले यस्ता घटनाहरु दोहरिन नदिन कारबाही गर्न जरुरी छ । जेन्जी युवाहरुलाई कुटपीट गर्ने युवा संघका युवाहरूलाई कानुनी कारबाही गर्न जरुरी छ । शान्तीपूर्ण विरोध गर्न पाउने नागरिकको अधिकारको ग्यारेन्टी गर्न जरुरी छ । लोकतन्त्रको रक्षा गर्न जरुरी छ । नागरिकको सुरक्षाको ग्यारेन्टी गर्न जरुरी छ ।

