"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रोजगार सृजना गरौ, युवा शक्तिलाई नेपालमै रोकौ

No data was found

Khabar Raftar

रोजगारीका लागि विदेश जाने नेपालीहरुको दिन प्रति दिन लर्को लाग्ने गरेको छ । चाँड पर्बहरुमा घर फर्कने नेपालीहरु पनि चाँड पर्ब सकिए लगतै फर्कने गरेका   छन । आफ्नो बाध्यात्मक परिस्थितीले रोजगारीका लागि अर्को देश जानेको लर्को लाग्न थालेको लामो समय विति सकेको भए पनि युवाशक्तिलाई रोक्ने सरकारले कुनै निती बनाउन सकेको छैन ।

स्वदेशमै रोजगारीका सम्भवना नभएकाले यूवाहरुले विदेश जानुपर्ने बाध्यता पुरानै हो । चुनावका बेला नेताहरुले रोजगारी दिने आश्वासन दिने र चुनाव पछि गाउँ नफर्किने गरेका थुप्रै उदाहरणहरु नेपाली जनतासंग छन । अधिकांश यूवा रोजगारीका लागि विदेश गएपछि गाउँमा बुढाबुढी र महिला मात्रै रहने भएकाले समस्या झनै बल्झिने गरेका छन ।

आफ्नै बारीबाट उब्जेको अन्नले बाह्रै महिना खान नपुगेपछि विदेशबाट काम गरेर ल्याएको पैसाले खाना किनेर खानुपर्दा विदेशीनु पर्ने बाध्यता रहेको छ । निर्वाचनका प्रतिबद्धता बोलीमै सीमित रहने गरेकाले देशमा व्यवस्था फेरिए पनि गरिब र सीमान्तकृत नागरिकको अवस्था अझै फेरिन नसकेको हो ।

नेताहरुको बोलीले जनतालाई सुविधा दिने भनिए पनि देखिने गरि कुनै काम हुन सकेका छैनन् । आफूले जिते घरघरमै रोजगारी सिर्जना गछौं विदेश तथा भारत जानुपर्ने बाध्यता हट्छ भनेर जितेका नेताहरुको भनाई बोलीमै सीमित हुने गरेका थुप्रै उदाहरणहरु छन । नेताहरुले आफ्ना स्वार्थमात्र पूर्ती गर्न थालेपछि युवाहरुले परिवार पाल्न विदेशिनु परेको छ ।

देशमा जस्तोसुकै व्यवस्था आएको भएपनि बेरोजगार युवाहरुको समस्या कसैले समाधान गर्न सकेको छैन । युवाहरु विदेशमा मजदुरी गरी पेट पाल्न, परिवार पाल्नका लागि जानुपर्ने बाध्यता रहेको छ । घरको आर्थिक अवस्था दयनीय भएको र गाउँमा कुनै उपाय नलागे पछि युवाहरु रोजगारीका लागि विदेश जाने गरेका छन् ।

विभिन्न समस्याहरु देखेर पनि सरकाले स्वरोजगारको लागि कुनै पहल थालेको    छैन । सरकाले युवा श्रमशक्ति अर्थतन्त्रको मूल्याङ्कन तथा महत्व बुझन् जरुरी छ । उनीहरुको लागि स्वदेशमै रोजगारको सृजना गरी अर्थिक उन्नतीमा फडको मार्न जरुरी छ । वेरोजगार युवाहरुका लागि समय, परिस्थिती अनुसारको तालिम, सीपको व्यवस्था गर्न जरुरी छ ।

सरकारले दक्ष जनशक्ति विदेशिनबाट रोकन जरुरी छ । स्वदेशमै रोगगारीको सृजना गरी देश विकासमा आर्थिक लाभ लिन जरुरी छ । नेताहरु आफुले चुनावमा दिएको बचन, प्रतिबद्घता, जिम्मेवारीलाई ध्यानमा राखि व्यवाहारमा लागु गर्न जरुरी छ र यदि युवाहरुलाई रोजगारका लागि विदेश पठाउनै परे सरकारले अन्य देशसंगको श्रमझौता गरी मात्र पठाउन जरुरी छ ।

आफ्नो देशको, जनताको भावीष्य र जीवनलाई ध्यानमा राखेर काम गर्न जरुरी छ । देश तथा जनताको उन्नती, प्रगती र भलाईका लागि रोजगारको सृजना गरी युवा शक्तिलाई नेपालमै रोक्न जरुरीि । देशको अर्थतन्त्रको विकास गरी आत्मनिर्भर बन्न जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो