"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ज्योतिषाचार्य पन्तबाट अन्यले पनि सिकौ

No data was found

Khabar Raftar

देशमा सबै भन्दा बढी कसैले जातीय विभेद गर्दथ्यो भने त्यो ब्राहमण समुदायले गर्दथ्यो । जातीय विभेदको पीडा सहदै आएका दलित समुदायले विभेद सहदै आएका थिए । छिटफुट रुपमा जातीय विभेद विरुद्ध आवाज उठेपनि त्यसले अहिले सम्म सार्थकता पाउन सकेको छैन । तर पहिले भन्दा अहिले अबश्था निकै परिबर्तन भएको छ ।

विभेदका तरीकाहरु बदलीएका छन । ब्राहमण समुदायका परिबर्तन चाहने ब्याक्तिहरु पनि बदलिएका छन । दलित समुदायलाई देख्ने वित्तिकै साईत विग्रीयो भनेर गाली गर्ने, छोयो भने सुनपानीले चोखिने, संस्कारहरु हराएका छन । अपशब्द बोल्ने र होच्याउने कार्यहरु कम भएका छन ।

ब्राहमणहरुले पनि दलित समुदायको घरमा गए पूजापाठ गर्न थालेका छन । तथापी कतीपय कठरपन्थीहरुको मथीङगल हल्लीएको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर–८ खोड्पे जसुलीखालीका संस्कार शिरोमणी ज्योतिषाचार्य गणेशप्रसाद पन्तले विगत लामो समय देखि दलित समुदायका घर–घरमा पुगेर वैदिक विधिबाट धार्मिक कर्मकाण्ड गर्दै आएका छन ।

जातीय विभेद हटाउने उद्देश्य सहित धम्की र दबाबका बीच पनि उनले दलित समुदायका घर–घरमा पुगेर वैदिक विधिबाट धार्मिक कर्मकाण्ड गर्दै आउनु सामान्य विषय होईन । तर यसलाई सबैले सामान्य बनाउने कार्यमा सहकार्य गर्न जरुरी छ । दलित समुदायमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेश लगायत सयौँ धार्मिक अनुष्ठानमा पन्त जस्तै अन्य ब्राहमणहरुले पनि पूजापाठ गर्न सक्नु    पर्छ ।

दलित समुदायका घरमा गएर ३२ वटा सप्ताह, १६ वटा शिवपुराण, ६६ वटा लघु रुद्राभिषेक तथा १ सय ५७ भन्दा बढी विभिन्न पूजा अनुष्ठान गरी सकेका पन्तलाई सम्मान गर्न जरुरी छ । पन्तलाई दलित समुदायले मात्र नभई राज्यले समेत सम्मान गर्न जरुरी छ । सामाजिक कुरीति हटाउन १ सय ४७ जना शिल्पी समुदायका व्यक्तिलाई पन्तले जनै धारण गराएका छन ।

धर्मग्रन्थमा दलित वा महिलामाथि कुनै विभेद नभएको सन्देश दिदै आएका पन्तलाई राज्यले चिन्न जरुरी छ । समाजमा अझै कायम रहेका छाउपडी, जातीय भेदभाव र धार्मिक असमानता अन्त्यका लागि पन्त जस्ता धार्मिक अगुवाहरूले नेतृत्व लिन जरुरी छ । दलित बस्तीमा कर्मकाण्ड गर्दै त्यहीँ भोजन ग्रहण गर्ने पन्त उदाहरणीय पात्र हुन ।

दलित समुदाय भित्रै परस्पर विभेद देखिँदा उनले गरेको उदाहरणीय कार्यको सबैले सम्मान गर्न जरुरी छ । कुरीति हटाउने अभियानका उदाहरणीय पात्र पन्तबाट अरुले पनि सिकन जरुरी छ । महिला र पुरुष दुई वटा जाती भएको सन्देश दिदै मनुस्मृति जस्ता विभेदकारी ग्रन्थको भ्रममा नपरी ज्योतिषाचार्य पन्तबाट अन्यले पनि सिक्न आवश्यक छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो