भनिन्छ नडराउनु नविराउनु ईमान्दारीताका साथ कर्तब्य निभाउनु । तर आज कती जनाले ईमान्दार भएर कर्तब्य निभाउदै आएका छन भन्ने कुरा गर्भमैरहेको छ । जन्तालाई बचन दिएर पनि जन्ताको काम नगरेर उल्टै लुटेर खाने नेताहरुले गर्दा देश कंगाल बन्र्दै गएको छ ।
प्रभुहरुको आदेश पर्खेर बस्ने नेताहरुले गर्दा नेपाल आमाको सगरमाथा जस्तो अटल शिर आज झुक्न बाध्य भएको छ । अब जनताहरुले नेताहरुलाई चिन्न जरुरी छ । देशमा केही गर्नु पर्छ भन्ने चाहना राख्नेहरुले भोट बदल्नै पर्छ । आफ्नालाई होईन राम्रालाई रोज्न जरुरी छ ।
सधै नेताहरुलाई दोष दिएर हुदैन दोष आफ्नै हो भन्ने कुरा बुझन जरुरी छ । सुन्दर सपना सजाउनु छ भने राम्रो कम गर्नेलाई हामीले जीताउन जरुरी छ । न्यायको पक्षमा र अन्यायको विरुद्ध लडन जरुरी छ । देशलाई सुन्दर बनाउने सपना देखेर भ्रष्टाचारको अन्त्यका लागी जनता सचेत हुन जरुरी छ ।
जन्ताहरुले विकास प्रेमी न्याय प्रेमी नेताहरुलाई सहयोग सर्मथन गर्न जरुरी छ । नेता भ्रष्ट भएकै कारण जेन्जी आन्दोलन उत्कर्षमा पुगेको हो भनेर सबैले बुझन जरुरी छ । नडराई नविराई ईमान्दारीताले जनताले देश चलाउने नेतालाई चुन्न जरुरी छ । ब्याक्तिगत स्वार्थ नभएको, देश र जनता प्रति बफादार नेतालाई चुन्न आवश्यक छ ।
सम्पूर्ण जनताले एक पटक अन्याय अत्याचार र भ्रष्टाचारका विरुद्ध एकजुट भएर लाग्न जरुरी छ । कुलमान घिसङ, माहविर पुन जस्ता ब्यक्तिहरुलाई देश चलाउने जिम्मा दिन जरुरी छ । भ्रष्ट नेताहरुले सवक सिक्नेगरी ईतिहा“स बदल्न जरुरी छ । ईतिहास बदल्नका लागी भोट बदल्न जरुरी छ ।
भोट बदल्न जनता सचेत हुन जरुरी छ । हरेक निर्बाचनमा नाताबाद कृपाबाद होईन,राष्ट भक्त र जनताभक्त नेताहरुलाई सबैले सहयोग गर्न जरुरी छ । देशलाई उन्नती र प्रगतीको बाटोमा अगाडी बढाउने हो भने सबै भन्दा पहिले जनता जिम्मेवार बन्न आवश्यक छ । नडराउनु नविराउनु, कर्तब्य निभाउनु भन्ने उदेश्यका साथ कर्तब्यनिष्ट हुन आवश्यक छ ।

