सरकारले तोकेको धानको समर्थन मूल्य कैलालीका किसानले नपाएको गुनासोे गरेका छन । हरेक बर्ष सरकारले धानको समर्थन मूल्य तोक्ने भए पनि किसानले भने सरकारले तोकेको धानको मूल्य पाएका छैनन ।
यस बर्ष पनि सरकारले तोकेको सर्मथन मूल्य भन्दा किसानले एक हजार कममा धान बेच्न बाध्य भएका छन । आर्थिक वर्ष २०८२÷८३ का लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४ सय ६३ र मध्यम धानको ३ हजार ६ सय २८ रुपैया सरकारले तोकेको छ । तर किसानले उक्त मूल्य पाउन सकेका छैनन ।
ब्यापारीहरुले जहिल्यै किसानहरुलाई सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्ने गरेका छैैनन । ब्यापारीले आफ्ना फाईदाको लागी कम मूल्यमा धान खरिद गर्ने गरेका छन । यसते अबश्थामा सम्बन्धीत निकायको ध्यान जान जरुरी छ । किसानहरुलाई जहिल्यै घाटामा धान बेच्न बाध्य बनाउन बाध्य बनाउने संस्कारको अन्त्य गर्न जरुरी छ ।
सम्बन्धीत निकायले सरकारले निर्धारण गरेको न्यूनतम मूल्यमा धान खरिदबिक्री गर्ने गरी ब्याबश्था मीलाउन जरुरी छ । सरकारले गरेको निर्णय कार्यान्वयन गर्न स्थानीय प्रशासनले पनि ध्यान दिन जरुरी छ । यस वर्ष सरकारले २०८२ साउन २६ गते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि अहिले सम्म लागु नहुनु दुखद विषय हो ।
धान खरिद गर्ने उद्योगी÷ व्यापारीबाट किसानले सरकारले तोकेको मूल्य नपाएकाले सम्बन्धीत निकायले त्यस्ता उद्योगी ब्यापारीहरुलाई समर्थन मूल्यमा धान किन्न कानुनी रुपमा ब्याबश्था गर्न आवश्यकछ । हुन् । कैलालीका गल्ला व्यापारीले सरकारले निर्धारण गरेको मूल्य भन्दा सस्तोमा धान खरिद गरिरहेको किसानहरूको गुनासोलाई सम्बन्धीत निकायले गम्भिर रुपमा लिन आवश्यक छ ।
किसानलाई धानको समर्थन मूल्य तिर्नु पर्छ भन्ने चेतना ब्यापारीहरुमा जागृत गराउन जरुरी छ । सरकारी निर्णलाई नमान्ने र किसानलाई मर्कामा पार्ने ब्यापारीलाई कानुनी दायरामा ल्याएर भए पनि सम्बन्धीत निकायले किसानले सरकारले तोकेको समर्थन मूल्य पाउने ब्याबश्था गर्न आवश्यक छ । किसानलाई धानको समर्थन मूल्य तिर्नु पर्छ भन्ने ब्यापारीको चेतना जागृत गराउन आवश्यक छ ।

