"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रधानमन्त्री देउबाद्वारा सिटी हलको उद्घाटनसंगै भूमिहीन दलितलाई लालपूर्जा वितरण गरिने

No data was found

Khabar Raftar

चैत्र २१ धनगढी । धनगढी उप महानगरपालीकाका उप प्रमुख तथा न्यायिक समितिका संयोजक सुशीला मिश्रा भट्टले कानुन नबुझेकै कारण धेरैजना जेल जानु परेको बताउनु भएको छ । सोमबार न्यायमा पहुँच अभिवृद्धि गर्नका लागि सरोकार वाला तथा संचारकर्मीहरुसंग धनगढीमा गरिएको कार्यक्रममा उप प्रमुख भट्टले यस्तो बताउनु भएको हो ।
न्यायिक समितिको स्थापना काल देखि अहिले सम्मको अनुभव सुनाउने क्रममा १९ बर्षको केटी र २१ बर्षको केटा बिच सहमति मै शारीरिक सम्पर्क हुँदा कानुन नबुझेकै कारण केटाले जेल जानु परेको उनले बताउनु भयो ।
उनले २१ बर्ष मै जेल जाने केटाको मानसिक अवस्थामा असर पुगेर उसको सोच र समाजको दिशा अर्कै तिर जाने त्रास बढ्दै गएको बताउनु भयो । यस्ता कानुन नबुझेका किशोर किशोरीहरु जेल जादा उनिहरुको मनस्थिति कस्तो हुन्छ भन्ने कुरा सोच्नु पर्ने बताउनु भयो ।

उनले जाडोको महिनामा घर बाट निकालिएकी धनगढी उप महानगरपालीकाको वडा नम्बर १० कि महिला को पिडा पीडा सुनाउदै उपमेयर भट्टले पुसको कट्याङ्ग्रीने जाडोमा रुखमा बसेर न्यायका लागि एक महिलाले आफुलाइ फोन गरेको सुनाउनु भयो । उनले राती वडा अध्यक्षलाई बोलाएर ति महिला लाई घर भित्र पुर्याएको बताउनु भयो ।

उनले आफ्नो पिडा ल्याएर न्यायका लागि न्यायीक समितीमा आउने मानिसहरुको पिडा सहनु नसक्ने हुने गष्रेको बताउदै परिचय गोप्य राख्नु पर्ने हुदा कतिपय मुद्दाहरु बाहिर ल्याउन नसकेको उनले जानकारी गराईन । उनले कोभिड १९ का बेला घर भित्र हिसामा परेका महिलालाई समेत परामर्श र न्याय दिएको बताउदैै कोभिडका बेला कार्यालयमा कर्मचारी आउन सक्ने स्थिति नभए पनि आफुले फोन मार्फत पीडितहरुलाई परामर्श दिनुकाका साथै तत्काल न्याय दिलाएको जानकारी गराईन् ।
उप प्रमुख भट्टले धनगढी उप महानगरपालिकाको न्यायिक समितिले सेफ हाउसको स्थापना समेत गरिसकेको जानकारी गराउदै कहिकतै महिला घर बाट निकालीएको अवस्थामा र घरमै बस्न नसक्ने अवस्था भएको खण्ड त्यस्ता महिलाहरुलाई सुरक्षित गराउन सेफ हाउसको व्यवस्था गरीसकेको जानकारी गराईन ।
न्यायिक समितिसंग उनान्नब्बे मेलमिलाप कर्ता रहेको र वडा स्तर मा मेलमिलाप केन्द्रको स्थापना समेत भईसकेको जानकारी गराउदै उनले जेष्ठ नागरिक लगायतका अन्य २० देखि २५ हजार विवादहरु परामर्शका लागि आएको र धेरै भन्दा धेरै विवाद मिलाएको उनले जानकारी गराउनु भयो । उनले समाजका हरेक व्यक्ति जसले कानु बुझेका छैन उनीहरुलाई नियम माकानुन बुझाउनु आवश्यक रहेको बताउनु भयो ।

उनले कानुनी निकायहरुले कानुन दिवस लगायत अन्य अवसरमा कानुन पालना सम्बन्धि सचेतना तथा कार्यक्रम गर्दा एउटा बन्द कोठामा नभई धेरै भन्दा धेरै व्यक्तीले सुन्ने र बुझ्ने गरेर कानुनी ज्ञान दिनु आवश्यक रहेको उनले बताईन् । जब सम्म आफुलाई पर्दैन मानिस ले ठाँउ खोज्दैन , न्याय खोज्दैन् र सुनेको कुरा समेत बिर्सन्छन, उनले भनिन् ।
न्यायका लागि न्यायीक समिति हुदै गर्दा विभिन्न संचार माध्यमका पत्रकार तथा सरोकारवाला संस्थाहरुले पनि कानुन नबुझेका र न्याय खोज्नेलाई कसरी अदालत सम्म जाने जस्ता कुरामा सहयोग गर्न आग्रह गरिन ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो